कनकाई अनलाईन
काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथा हो चलचित्र ‘के घर के डेरा’ । घर हुँदा र नहुँदा के कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ। काठमाडौँमा डेरामा बस्नेको आफ्नै समस्या छ तर घर हुनेको समस्या पनि कम छैन। चलचित्रमा यिनै कुरालाई रमाइलो शैलीमा देखाइएको छ। चलचित्रकै कथामा घर हुने र नहुने दुवैले अपनत्व महसुस गर्नेछन्।
चलचित्रका प्रमुख पात्र अभिनेता साजन ९दयाहाङ राई० वरिपरि चलचित्र रुमलिएको छ। साजन गाडीमा डेरावालको सामान ओसारपसार गर्ने काम गर्छन्। उनले यही कामबाट आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका हुन्छन् तर उनकी श्रीमती आकृति ९सुरक्षा पन्त० भने डेरामा बस्दाबस्दा दिक्क भइसकेकी हुन्छिन्। त्यसमाथि भाडावालको गनगन। यता साजन पनि उनको गनगन सुन्दा दिक्क भएका हुन्छन् र आफ्नो र श्रीमतीको इज्जतकै लागि भए पनि घर किनदिने सोच बनाउँछन्।
यस्तै चलचित्रका अर्का पात्र हुन शङ्खे ९विपिन कार्की० जो शङ्खे डनको नामले परिचित हुन्छन्। उनको दैनिकी भनेकै दुईरचार जना गुण्डा बटुलेर घर जग्गाको काम गर्दै हिँड्ने हो। उनलाई यस काममा पियन ९रवीन्द्र झा०, वकिल ९आसान्त शर्मा०, बाजे ९प्रभाकर न्यौपाने०ले साथ दिइरहेका हुन्छन्। यता शङ्खेको दोस्रो श्रीमती लालिमा ९वर्षा राउत०बाट काठमाडौँमा भएको आफ्नो घर लुकाउनु छ। शङ्खेललाई यो पहिला थाहा हुन्छ कि दास्रो श्रीमती पनि पहिलाकै श्रीमतीले जस्तै काठमाडौँको घर कुम्ल्याउन आएकी हुन्। चलचित्रको कथामा ट्विस्ट तब आउँछ जब साजको हातमा शङ्खेको घर पर्छ। यसमा आकृतिको लोभी बुवा बाजे र शङ्खेका अन्य दुई साथीको जुक्तिकै कारण यी सबै खेल भइरहेका हुन्छन्।
गाउँबाट पढाइका सिलसिलामा राजधानी आउने र डेरा गरी बस्ने किशोरकिशोरीको कथामा बनेको ‘के घर के डेरा’को कथा मार्मिक छ। समाजमा देखने डेरावाल र घरवालाबीचको सम्बन्धलाई निर्देशक दीपेन्द्र के खनाल चलचित्रमा बेजोड तरिकाले प्रस्तुत गरेका छन्। चलचित्रमा सामाजिक कथावस्तु पस्कन माहिर निर्देशक खनालले ‘चिसो मान्छे’ पछि यसमा पनि बाजी मार्न सफल भएका छन्।
चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईको यसअघि प्रदर्शनमा आएका दुई चलचित्र ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ भन्दा ‘के घर के डेरा’मा उनले गरेको चरित्रमा केही फरकपन देखिन्छ। उनले चलचित्र बोल्ने शैलीलाई अवश्य नै धेरैले रुचाउनेछन्।
‘पशुपतिप्रसाद’मा भष्मे डनको भूमिकामा देखिएको छविलाई कलाकार विपिन कार्कीले ‘के घर के डेरा’मा शङ्खे डन बनेर केही भिन्न भूमिका देखाउन खोजेका छन्। उनको भूमिका मात्र हेर्न भनेर दर्शक सिनेमाघरसम्म अवश्य नै पुग्छन्। अभिनेत्री सुरक्षा पन्तको अभिनयमा खासै केही नयाँ कुरा पाइँदैन। सुरक्षाको भूमिकामा धेरै कुरा फिक्का देखिन्छ। यस्तै चलचित्रमा सबैभन्दा कमजोर अभिनय भनेको वर्षा राउतको नै देखिन्छ। उनलाई चलचित्रमा किन त्यो भूमिका दिइयो, त्यसको तुक कतै पाइँदैन।
चलचित्रमा कलाकार प्रभाकर न्यौपानेको अभिनयलाई धेरै दर्शकले सम्झिरहन्छन्। उनको भूमिकामा कतै खोट लगाउने ठाउँ छैन। अन्य कलाकार रवीन्द्र झा, अशान्त शर्मा, लक्ष्मी गिरी, भोलाराज सापकोटा, सरोज अर्याललगायतको अभिनयलाई ठीकठाक भन्नुपर्छ। यस्तै बाल कलाकारको भूमिकामा देखिएकी आयुषी ढकालको भूमिकाको भने प्रशंसा गर्नैपर्छ। चलचित्रमा उनको अभिनय ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै छ।