कनकाई अनलाईन
झापामा कान नसुन्ने बहिरा बिद्यार्थीहरुले समेत देउसी भैलो खेलेर सस्कृतिको संरक्षणमा जुटेका छन ।
कनकाई माविमा अध्यानरत विद्यार्थीहरुको समुहले देउसी खेलेका हुन । कनकाई माविमा कक्षा १ देखि १२ सम्म छुट्टै रुपमा बहिरा बिद्यार्थीहरुका लागि कक्षा संचालन हुदै आएको छ । हामीलाई लाटो होईन बहिरा भनिदेउ भन्ने ब्यानर लिएर गाउँ गाउँमा देउसी खेलेका हुन । उनीहरुले आफुहरु बहिरा भएको पत्र लिएर मादल बजाएर नाचगाँन गर्दै गाउँ गाउँमा गएर देउसी खेलेर रमाइलो गरेका हुन ।
झापामा राजनैतिक दलहरुले समेत आफ्नो प्रचार प्रसारमा देउसीको भरपुर उपयोग गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नम्बर ४ का उम्मेद्धार सम्भु सुस्केराले आफ्नो प्रचारमा देउसी कार्यक्रम राख्दै घरदैलो कार्यक्रम राख्नुभएको छ । यता साहित्य चौतारी झापाले समेत सस्कृतिको संरक्षणका लागि दक्षिणा रहित दैउसी खेलको छ । बर्षेनी साहित्य चौतारीले बिर्तामोडमा दक्षिणा रहित देउसीभैलो खेल्दै आएको छ ।
यता कनकाई नगरपालिका वाल संञ्जालले नगरपालिकालाई वालमैत्री घोषणा गर्न सचेतना जगाउने उद्धेश्यका साथमा नगरपालिका क्षेत्र भित्रमा देउसी भैलो कार्यक्रमको आयोजना गरेका छन ।