कनकाई अनलाईन
झापा गाउँपालिकामा लक्ष्मी पुजाकै वेला गाई तस्करी भएको छ । तस्कर समुहले गाईलाई मासुका लागि भारत डिघलबैँक हुदै बंगलादेश लैजानेक्रममा तस्करीमा रहेको गाडी सहित ६ थान गाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउसो झापा गाउँपालिका–७ वार्ड कार्यालय छेउबाट स्थानीयले गाई र गाई बोकेको मे १ च ६०४३ नम्बरको पिकअपमालाई नियन्त्रणमा लिएका छन । उक्त गाईलाई हाल सशस्त्र प्रहरी वल पन्थपाँडा र इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ । प्रक्राउ गरिएको गाईलाई आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाईसकिएको प्रहरीको भनाई रहेको छ ।
दैनिकजसो सो बाटो हुदै गाई मासुका लागि तस्करी हुदै आएकोमा लक्ष्मी पुजामा समेत तस्करी गर्न नछाडेपछि गाउलेले बाध्य भएर तस्करीको गाई नियन्त्रणमा लिनुपरेको स्थानीय युवा प्रेम सिटौलाले बताउँनुभयो । सरकार चुनावको तयारीमा रहेको बेला राष्ट्रिय जनावारका रुपमा रहेको गाईलाई नेपालमा काटमार गर्न नपाइएपछि मासुकै लागि भारतको बाटो हुदै बंगलादेशसम्म लैजाने गरेको छ । तस्करीमा संग्लन समुहले स्थानीय देखि राष्ट्रिय लेबलसम्मका नेता र प्रहरी प्रशासनलाई समेत मोटो रकम नजराना बुझाउदै प्रभावमा पार्दै आएको जनगुनासो छ ।