लीलाराज झापाली ।
झिलझिले । असोज ४ गते । शिवसताक्षी नगरपालिका झिलझिलेमा अघिल्लो वर्षदेखि सुरु गरिएको सताक्षी गोल्डकपको दोस्रो संकरण आगामी कार्तिक २८ गतेदेखि मंसिर ७ गतेदेखि हुने भएको छ ।
यो गोल्डकपसगै यस एउटै नगरपालिकामा २ वटा गोल्डकप हुने भएको छ । सताक्षीधामकै दुधेमा समेत बुधवारदेखि प्रथम दुधे गोल्डकप सुरु भएको छ । आयोजक सतासीधाम स्पोटिङ्ग क्लवले झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताकोवारेमा जानकारी गराएको हो । सताक्षी गोल्डकपमा भने यसवर्षदेखि सहभागि टिम र पुरस्कार राशीदुवै वृद्धि गरिएको आयोजक समितिका अध्यक्ष रमेश लावतीले वताउँनुभयो ।
यसवर्ष नेपालका ए डिभिजनका टिमसहित सहभागि टिम १० वटा रहने जानकारी गराइएको छ । जसमा पुर्व विजेता नेपाल प्रहरी , शसस्त्र प्रहरी , नेपाल आर्मी , मनाङ्ग , थ्री स्टार क्लव , झापा ११ , रुपन्देही ११ , मोरङ्ग ११ , भारतको एक टिम डाइमन्ड अफ फुटवल एकाडेमी मध्यप्रदेश र आयोजक सताक्षी स्पोटिङ्ग क्लव रहने आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले वताउँनुभयो । यसैगरी यसवर्ष देखि प्रतियोगितामा पुरस्कारराशी दोब्वर वृद्धि गदैँ प्रथम ५ लाख र दोस्रोहुनेलाई २ लाख ५० हजार रुपैँया राखिएको छ ।
हरेक दिनको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैँया , खेलका हाइस्कोरलाई नगद २५ हजार तथा सर्वोकृष्ट खेलाडीलाई नगद ५० हजार दिइएने समेत जानकारी गराइएको छ । उत्कृष्ट डिफेन्स , फरवार्ड , गोलकिपर र मिडफिल्डरलाई समेत नगद २० हजार रुपैँया दिइने समेत जानकारी गराइएको छ । कुल ८१ लाख आम्दामी गरी ४९ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आर्थिक समिति संयोजक गणेश प्रधानले वताउँनुभयो ।
मिडियाकै कारण अघिल्लो संकरण सफल बनेको भन्दै यसवर्षपनि यसले निरन्तरता पाउने प्रतियोगताको सल्लाहकार योगेन लावतीले वताउँनुभयो । खेल झिलझिलेको गणेशमानसिंह अध्यान प्रतिष्ठानको खेल मैदानमा हुदैँ छ । पत्रकार सम्मेलनमा वार्डअध्यक्ष नविन इजम , क्रियटिभ स्पोटिङ्ग क्लवका संस्थापक अध्यक्ष यादव चापाँगाई लगाँयातको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक समितिका सचिव भाग्य तामाङ्गले गरेका थिए ।