कनकाई अनलाईन
जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा आज सुरुङ्गा बजार अनुगमनका क्रममा व्यापारीको भागाभाग भएको छ ।
झापाका सयायक प्रमुख जिल्ला अधिकारी दिव्यराज नेपालको नेतृत्वमा रहेको अनुगमन टोली सुरुङ्गा बजार छिर्नसाथ प्राय धेरै पसलधनीहरु सटर बन्द गरेर अन्यत्र लागेका थिए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नेपाल सहित, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, खाद्य गुणस्तर निरिक्षक नारायणप्रसाद भट्टराई, कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बा, कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौला, पत्रकार महासंघ प्रदेश कार्यासमिति सदस्य लीलाराज झापाली लगायातको सहभागिता रहेको थियो ।
यसरी अनुगमनका वेला पसल बन्द गरेर फरार हुने व्यापारीहरुको लिस्ट टिपिएको र अन्य दिन ती पसलहरुमा मात्रै अनुगमन गरिने कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउँनुभयो ।
अनुगमनका क्रममा मिठाईहरुमा गुणस्तरहिन रङ्गको प्रयोग गर्ने गरिएको, दोकान पसल र होटलहरुमा सरसफाईको कमि हुने गरेको, मुल्य सुची र कागजपत्र नराखिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।
सताक्षी बहुमुखीलाई ३ दिनमा हाजिर हुन निर्देशन
यसैविच सुरुङ्गामा संचालित सताक्षी बहुमुखी डिपाटमेन्टर स्टोरलाई अनुगमन टोलीले ३ दिनमा हाजिर हुनका लागि निर्देशन दिएको छ । उक्त स्टोरका कार्यालय प्रमुख धनबहादुर विश्वकर्मालाई लेबल विवरण नभएका सामानहरु विक्री वितरण गरेको र आफै सामान प्याक गरि विक्री वितरण गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । यसरी विना लेवल विक्रीका लागि राखिएको सामानहरु ज्फत गरि नष्ट्र गरिएको र प्याकिङ्गका लागि अनुमति पाएको प्रमाण पेश गर्न डिपाटमेन्ट स्टोरलाई ३ दिनको समय दिइएको छ ।