कनकाई अनलाईन
झापा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगर क्षेत्रका विदेशमा उच्च तहको अध्यान गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित गरेर सुरुङ्गामा पहिलो पल्ट ग्लोबल मार्क एजुकेशन एण्ड भिषा सर्भिस संचालमा आएको छ ।
यस क्षेत्रमा रहेका विद्यार्थीहरुले विदेश अध्यानका लागि परामर्श गर्नैका लागि पनि कम्तीमा बिर्तामोड दमक र काठमाण्डौ दौडने गरेको दुख्खलाई बुझेर आफुले आफ्नै गाउँमा समेत यसको सेवा सुचारु गरेको ग्लोबल मार्कका संचालक दिपक कोइरालाले बताउँनुभयो ।
अब कम्तीमा सुरुङ्गा क्षेत्रमै बसेर विद्यार्थीहरुले अमेरिका, वेलायत, क्यानडा, इटली,रसिया,जापान,न्युजिल्यान्ड, साईप्रस लगायातका विश्वका २४ देशहरुमा अध्यानका लागि भिषा प्रक्रिया त्यहाँ लाग्ने खर्च विश्वविद्यालय छनौट लगायातका कामहरु गर्न सक्ने कोइरालाले बताउँनुभयो । सुरुङ्गा चौकस्थित सनराईज बैँक रहेको घरमा रहेको यस कार्यालयबाट टोफल, आइएल्स क्लास, विदेशमा स्कलरशीपमा आवेदन, जापानिज तथा कोरियान भाषा लगायातका कक्षाहरु संचालनमा आउने समेत बताइएको छ ।
विश्वका विभिन्न मुलुक र नेपालमै पनि विगत १५ बर्षदेखि शैक्षिक क्षेत्रमा रहेका शिक्षकहरुले अध्यान अध्यापन गराउने यस सेन्टरमा अनलाईन कक्षाबाट समेत विद्यार्थीलाई सेवा दिइने कोइरालाले बताउँनुभयो ।
यस सेन्टरबाट मेजर अंग्रेजीमा कम्तीमा स्नातक गरेको र नेपालमा शिक्षक लाइसेन्स भएका शिक्षकहरुलाई ग्लोबल शिक्षकका लागि समेत रोजगारी दिएर त्यहाँ अध्यापनमका लागि पठाउने समेत संचालक कोइरालाले बताउँनुभयो । यस कार्य नेपालमै पहिलो सेवा भएको समेत कोइरालाले बताउँनुभयो ।