Kanakai Online

दुई तिहाईको सरकारले झापामा एक पिस धर्नीपुर्जा बाढेन थेबे


बिहिवार, कार्तिक ३, २०७९ |

कनकाई अनलाईन
नेपाली कांग्रेस झापाका सभापति एवम् झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले नेकपाको दुई तिहाईको सरकारले झापामा एक पिस पनि धर्नीपुर्जा नदिई केपी ओलीले आफ्नै सरकार ढालेको र छदा हुदैको सांसद पटक पटक भंग गरेको बताउँनुभएको छ ।


दुई तिहाईको सरकारले चाहेको भए यो देशमा धनीपुर्जा दिने मात्रै होईन धेरै नियम कानुन संसोधन गर्न सक्थ्यो । धेर कामहरु गर्न सक्ने अवस्था हुदा हुदै ओली सरकारले धनीपुर्जाको काम झापामा एक पिस पनि दिन चाहेन थेबेले आफ्नो चुनावी घरदैलो कार्यक्रमको कनकाई नगरपालिका ४ को मनोकामना टोलमा भन्नुभयो । कनकाई ४ झापाकै सबैभन्दा वढी सुकुम्बासी र अव्यवस्थित वसोवासी भएको क्षेत्र पनि हो । ओली सरकारले जनताको काम गर्न होईन पानी जहाज, रेल, रकेट जस्ता हावादारी गफ गर्न र धनीपुर्जा वितरण गर्न भनेर आफ्ना पार्टी कार्याकर्ता र आफन्तलाई जागिर खुवाउने मात्रै काम गर्दा झापामा ओली सरकारका पालामा एक थान पनि धर्नीपुर्जा दिन नसकेको र नचाहेको बताउँनुभयो ।

ओली सरकारले धनीपुर्जा नदिएपनि गठबन्धन सरकारले केहि महिनामै झापामा तिलक पाण्डेको आयोगबाट सयौ धर्नीपुर्जा वितरण गरेर ओली सरकारले धर्नीपुर्जाको ललिपप मात्रै देखाउने गरेको प्रमाणित गरिदिएको बताउँनुभयो । झापामा तिलक पाण्डेको आयोगलाई असफल बनाउँन एमालेले जितेको स्थानमा पाण्डे आयोगलाई काम गर्नै नदिएका कारण हजार थान वढी धर्नीपुर्जा रोकिएको भन्दै कांग्रेस सभापति थेबेल गठबन्धन सरकार बनृेको पहिलो दिनबाटै झापामा धनीपुर्जा वितरणको काम थालिने बताउँनुभयो । आफु नेतृत्वमा नरहदा समेत यहाँका खोलानाला, स्कुल कलेज, स्वास्थ्य सबै क्षेत्रमा निरन्तर काम गरिरहेको थेबेको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका संघका समानुपातिकका उम्मेद्धार मणिकुमार साम्पाङ्ग बिजयले हज्जारौ योद्धाको बलिदानीबाट निर्माण गरेको संविधान ओलीले च्यात्न खोजेकोले संविधान रक्षामा निम्ति यो गठबन्धन बनेको बताउँनुभयो ।
कार्यक्रममा झापा ४ ख का प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले झापा क्षेत्र नम्बर ४ का नदि कटान र सुकुम्वासी समस्याको दिगो समाधानका लागि आफ्नो उम्मेद्धारी रहेको बताउँनुभयो ।
कार्यक्रममा प्रदेश सभाकी समानुपातिककी उम्मेद्धार लक्की गणेश लगायातले बोल्नुभएको थियो । कार्यक्रम माओवादी केन्द्रका कनकाई नगर सचिव विष्णुप्रसाद बिमलीले संचालन गर्नुभएको थियो ।