कनकाई अनलाईन
राप्रपाले कनकाई नगरपालिका ३ निवासी राप्रपाका केन्द्रिय सदस्य श्यामसुन्दर ओली र उहाँकी छोरी पुर्व मिस टिन समेत रहेकी खुश्बु ओली सहित ३ जनालाई कार्वाही गरेको छ ।
कार्वाहीमा पर्नेमा अर्का राप्रपाकी झापा क्षेत्र नम्बर १ को प्रदेशसभाकी उम्मेद्धार सविना बजगाईँ बिरुद्ध बागी उम्मेद्धारी दिने कल्याण खडका रहनुभएको छ । कार्वाहीमा पर्ने खुश्बु ओलीले झापा क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेद्धारी दिएर हाल घरदैलोमा रहनुभएको छ । ओली राप्रपाको केन्द्रिय प्रशिक्षण विभागमा समेत रहनुभएको थियो । केपी ओलीलाई काका सम्बोधन गर्ने श्याम ओली यस अघिको स्थानीय निर्वाचनमा कनकाई नगरपालिकामा मेयरको टिकट नपाएपछि राप्रपामा प्रवेश गर्नुभएको थियो ।
ओलीलाई राप्रपाले तत्कालै कनकाई नगरपालिकाको उम्मेद्धार बनाएको थियो । ओली कनकाईमा मेयरमा चौथो मत हासिल गर्नुभएको थियो । सोहि वेला ओली पुत्री खुश्बुसमेत एमाले छाडेर राप्रपा प्रवेश गनुभएको थियो । राप्रपाको एकल नाम सिफारिस समेत परेकी खुश्बुलाई कम्तीमा प्रदेश सांसदको उम्मेद्धार बनाउने निश्चित थियो तर राजनितिका खेलाडी मानिने राप्रपाका केन्द्रिय प्रवक्ता समेत रहनुभएका भक्ति सिटौलालाई राप्रपाले झापा ४ बाट उम्मेद्धार बनाउँदा स्थानीयवाशी समेत रहेकी खुश्बुले राप्रपासगको नाता केहि महिना नपुग्दै तोडेकी छिन । पार्टीले ओली बाबुछोरी र कल्याण खडकाको सदस्यता समेत नरहनेगरि कार्वाही गरेको छ ।