Kanakai Online

उपाधिरक्षाको अनुमान गरिएको विर्तामोड पराजित शिवसताक्षी विजयी


मङ्गलवार, असोज ३, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा असोज ३ गते । सुरुङ्गामा जारी दोस्रो झापा जिल्ला स्तरीय नगरकप फुटवलको मंगलवार आज सम्पन्न खेलमा विर्तामोड नगरपालिकालाई १—० गोल अन्तरले पाखा लगाउँदै शिवसातक्षी नगरपालिका विजयी भएको छ ।
प्रतिस्पर्धात्मक बनेको मंगलवारको अन्तिम पहिलो चरणको खेलमा पहिलो हाफ गोलरपहित वरावरी बनेपनि दोस्रो हाफमा खेलको पहिलो मिनेटमानै शिवसताक्षीका कमल राईले एकमात्र गोल गरे सोहि गोल नै शिवसताक्षीनगरका लागि निर्णायाक विजयी गोल बन्यो । खेलको म्यान अफ द म्याच विजयी टिमका डिफेन्स खेलाडी संजित राई बने उनलाई सुरुङ्गामा समाजसेवी तुलसी विमलीले नगद २ हजार सहयोग गरे । भोली बुधवारदेखि सेमि फाइनलका खेलहरु सुरु हुनेछन ।
भोली बुधवारको पहिलो सेमि फाइनलको खेल अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाको विच हुने आयोजक समितिका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताउँनुभयो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनमा कनकाई माविको खेल मैदानमा जारी खेलको विजयी तथा उपविजयी हुने टिमले १ लाख ५ हजार र ५५ हजार नगद र रनिङ्ग शिल्ड पाउनेछन ।

सम्बन्धित खबर