कनकाई अनलाईन
कांग्रेस जिल्ला सभापति देउमान थेबेको नेतृत्वमा होमिएको गठबन्धनको चुनावी कमाण्डको नेतृत्व लिन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा ५ हजार १ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।
सुरुङ्गामा नेका झापा क्षेत्र न ४ का सभापति जय नारायण साहको सभापतित्व एवम् नेका झापा सभापति तथा क्षेत्र न ४ का प्रतिनिधिसभा का प्रत्यासी उमेदवार देउकुमार थेबेको प्रमुख आथित्यतामा भएको चुनावी भेलाबाट उक्त समिति गठन गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथी प्रदेस कका प्रत्यासी उमेदवार नेकपा मावोबादी केन्द्र का केन्द्रिय नेता झलकसिङ दर्लामी शन्देश प्रदेश ख का प्रत्यासी उमेदवार नेका महाअधिबेसन प्रतिनिधि एकराज उप्रेती लगायात रहनुभएको थियो ।
यसैगरि एकिकृत समाजबादी पार्टी का केन्द्रिय सल्लाहकार सदस्य नारायणसिङ राजवंशी, भिम राजबङ्सी , भक्ती सिटौला , किरण भट्टराई , उत्तम चम्लगाइ , रुद्र बजगाइ , महेन्द्र भट्टराई लगायात रहनुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न ४ का क्षेत्रीय सभापती जयनारायण साहा को नेतृत्वामा ५ दलिय प्रतिनिधित्व मा ५००१ सदस्यीय प्रचार प्रसार समिती गठन गरिएको छ ।
कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथि नेका झापा सभापती तथा क्षेत्र न ४ का प्रतिनिधिसभाका प्रत्यासी उमेदवार देउकुमार थेबे ले उत्साहा का साथ निर्वाचन केन्द्रिय कार्यक्रम मा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाइ अनुरोध गर्नु भयो हामि जनताको सेवक को रुपमा निर्वाचन मा होमिएको हो र यो क्षेत्र को बिकास निर्माण को खाका हामी सङ रहेको कुरा राखदै झापा कन्काइ सुकेडागी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने , महाभारा दुमुखा लारुम्बा सडक निर्माण गर्ने , धार्मिक तथा पर्यटकिय क्षेत्र मा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरि पर्यटक भित्रयाउने , झापा कन्काइ र सिबसतासी मा उद्योग स्थापना गर्न पहल गर्ने , सिबसतासी मा कृषिबिद्यालय स्थापना गर्ने , अन्तरास्ट्रिय रंगशाला को निर्माण गर्ने लगायत को बिकास निर्माण को कार्य सम्पन्न गर्ने कन्काइ बिरिङ कमल बन्यानी सन्का खोला लाई ब्यवस्थित गरि तटबन्ध गरि जनताको जिउ धन को रक्षा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।