कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका १० माइधारका युवा समाजसेवी विजय विष्टले यहाँस्थित कनकाई नगरपालिका ४ इलुवावारीमा रहेको पुकार अपाङ्ग असक्त समाजमा रहेका वालवालिकाहरुका लागि दसैमा खाद्यान्न सहयोग गर्नुभएको छ ।
युवा समाजसेवी तथा बैङ्कर्स समेत रहनुभएका विष्टले कोटीहोममा संचालित अपाङ्ग असक्त वालवालिकाहरुका लागि चिउरा, चिनी, दाल, चाउँचाउ, चामल, साबुन, भुजिया, तेल लगायातका खाद्य सामाग्रीहरु प्रदान गर्नुभएको हो । युवा समाजसेवी विष्टले हरेक बर्ष असक्तहरुका लागि चाडपर्वका अवशरमा केही न केहि खाद्य सामाग्रीहरु सहयोग गर्दै आउँनुभएको छ ।
खाद्य सामाग्री असक्त समाजकी अध्यक्ष निर्मला ओझालाई प्रदान गरिएको थियो । सामाग्री प्रदान कार्यक्रममा एनआइसी एसिया बैँकका सुरुङ्गा साखा प्रमुख सागर दाहालले दसै सबैको घरमा आउँनुपर्ने भन्दै हुदा खानेहरुका लागि समेत सबैले सहयोग गर्न सके सबैको घरमा दसै भित्रिने बताउँनुभयो । पुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझाले अपाङ्ग र असक्त वाललालिकाहरु यस आश्रममा आश्रय लिएर बसेको भन्दै सहयोगी मनहरुकै कारण अपाङ्ग वालवालिकाहरुमा मद्धत मिलेको बताउँनुभयो ।