कनकाई अनलाईन
नेपाली कांग्रेस विपी जिल्ला कार्यसमिति झापाको कार्यालय बिर्तामोडमा स्थापना भएको छ ।बिर्तामोडको भद्रपुररोडमा स्थापना गरिएको नेपाली कांग्रेस ९विपी० जिल्ला कार्यसमिति झापाको कार्यालयको उद्घाटन नेपाली कांग्रेस ९विपी० का केन्द्रीय सभापति सुशिलमान शेरचनले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत शेरचनले कार्यालय उद्घाट गर्दै नेपाली कांग्रेस विपीको विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपीको विचारलाई स्थापित गर्ने मूल उद्देश्यका साथ नेपाली कांग्रेस ९विपी० निर्माण गरेको बताए ।
पार्टीका तदर्थ समिति झापाका सभापति दुर्गाप्रसाद घिमिरेको सभापतित्व तथा केन्द्रीय सभापति सुशिलमान शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झलेन्द्र ओलीले स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीकी वरिष्ठ उपसभापति रिता खनाल, केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं। २ का उम्मेदवार नारायण भारती, नेपाल प्रजातान्त्रिक पत्रकार संघका संयोजक शेखर सेडाईलगायतले वीपीको विचारलाई स्थापित गर्नको लागि नेपाली कांग्रेस ९विपी० निर्माण गरेको बताए । कार्यक्रमको सञ्चालन पार्टीका तदर्थ समिति झापाका सचिव भक्ति पनेरुले गरेका थिए ।