Kanakai Online

कनकाईमा एमाले र माओवादीलाई धक्का स्वतन्त्र समुह आक्रमक


शुक्रवार, भदौ ३१, २०७९ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका क्षेत्रमा कनकाई स्वतन्त्र नागरिक सम्पादन समुह आगामी निर्वाचनका लागि आक्रमक रुपमा संगठन विस्तारमा निस्किदा एमाले र माओवादीलाई ठुलो धक्का लागेको छ ।


आजमात्रै कनकाई ३ को टप्पुको प्रणामी मन्दिरमा आयोजित भेलाले ३ नम्बर स्तरीय स्वतन्त्र नागरिक समुह गठन गरेको छ । नेकपा एमालेका पुराना नेता समेत रहेका कनकाई एमालेका नगर सदस्य चन्द्रप्रसाद भेटवालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका कनकाई नगर सदस्य ख्याम निरौला र दिपक पाण्डे रहनुभएको छ ।

यसैगरि समुहको सचिवमा कुवेर कार्की डोली रहनुभएको छ भने उपसचिवमा माओवादीका १० बर्षे जनयुद्धकालमा बन्दुक बोकेका घाईते योद्धा समेत रहनुभएका माओवादी कनकाई नगरको वार्डकमिटी सदस्य समेत रहनुभएका खगेन्द्र पाठक, माओवादी केन्द्र कनकाई नगर सदस्य दुर्गा रिमाल, माओवादीकै कनकाई नगर सदस्य उमेश उप्रेती, माओवादीकै कनकाई नगर सदस्य तथा किसान संगठनका अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायात भवानी संग्रौला, राजकुमार न्यौपाने, राधादेवि रिमाल, टंक थापा, सोमनाथ खरेल, देविप्रसाद खरेल, अम्बरबहादुर दाहाल, राजन पराजुली, भिमप्रसाद दाहाल, माधव भेटवाल र कांग्रेसका टेकनारायण अधिकारी रहनुभएको छ ।
कार्यक्रममा बोल्दै स्वतन्त्र बामपन्थी नेता युक्त भेटवालले एमाले पार्टीले आफुलाई हराएर उल्टै पैसामा बिक्यो भन्ने हल्ला कार्यकर्तामाझ फिजाएको भन्दै एमाले पार्टीभित्रको ओली प्रवृति विरुद्धमा आन्दोलनको आधि ल्याउन आफु देश दौडाहमा रहेको बताउँनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालिन सुरुङ्गा गाउँविकास समितिका उपाध्यक्ष तथा माओवादी केन्द्र झापाका पुर्व नेता लक्ष्मीप्रसाद गुरुङ्ग, वामपन्थी नेता चन्द्र मैनाली भतिज, युवा नेता सम्भु सुस्केरा, एमालेका पुर्व जिल्ला सदस्य चन्द्रमोहन उप्रेती लगायातले राजनैतिक पार्टीको झोले भएर हिडनुभन्दा स्वतन्त्र नागरिक हुनमा गर्वको महसुस हुने भन्दै स्वतन्त्र नागरिक समुहको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र समुह कनकाईका अध्यक्ष शेरबहादुर थापाले गत निर्वाचनमा थोरै कमजोरीका कारण मेयरमा हार्नु परेको भन्दै अव आगामी दुबै तहको निर्वाचनमा हार्न छुट नभएको बताउँनुभयो । कार्यक्रम स्वतन्त्र समुहका युवा नेता दिनानाथ खतिवडाले गर्नुभएको थियो ।