कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाको नगरस्तरिय वाल सञ्जाल कनकाई नगर वाल सञ्जालले बुधबार ५८अौं राष्ट्रिय वाल दिवसकादिन नगरमा रहेका मावि तह स्तरिय नृत्य प्रतियोगिता संगै विभिद सांस्कृतिक कार्यक्रम गरेको छ ।
” वाल मैत्री समाजको आधार , जिम्मेवार परिवार , उत्तरदायी सरकार” नारा लिई कनकाई नगरपालिकाको समन्वय र नगर वाल सञ्जालको आयोजनामा जेसिज भवन सुरुङ्गामा वाल दिवसको अवसरमा भब्य सास्कृतिक कार्यक्रम संगै मावि स्तरिय नृत्य प्रतियोगिता गर्दै वाल दिवस मनाइएको हो ।
उक्त प्रतियोगितामा नगरमा रहेका कनकाई मावि , हिमालि मावि , चम्फापुर मावि , सिंहदेवि मावि , आदर्श बिद्यामन्दिर , सरस्वती मावि , झापा मेरिगोल्ड मावि , ग्लोबल एडुकेयर एजुकेसन , श्री हरिकुल मावि , पाथिभरा मावि गरि सामुदायिक र निजी दश बिद्यालय बाट सहभागीता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै ग्लोबल एडुकेयर एजुकेसनले प्रथम स्थान हासिल गर्यो भने कनकाई मावि द्वितीय, श्री हरिकुल मावि तृतीय र झापा मेरिगोल्ड माविले शान्तवना स्थान हासिल गरेका छन । प्रतियोगिताका विजेता उपविजेतालाई नगर वाल कल्याण अधिकारी उमानाथ ढकाल र कार्यक्रमका अध्यक्ष अभिषेक मिश्रले ट्रफी , मेडल र प्रमाण पत्र वितरण गर्नुभयो । प्रतियोगितामा निर्णायकको भुमिका नृत्य निर्देशक द्वय अमन गुप्ता र दिवस कार्कीले सम्हाल्नु भएको थियो ।
प्रतियोगि बाहेकका गित , कविता , र अन्य नृत्य समेत प्रसतुत गरिएको कार्यक्रममा कनकाई मावि कक्षा ११ र १२ का बिद्यार्थी बाट बिज्ञान प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले हिजो भन्दा आज वाल अवस्था , वाल अधिकार , वाल उत्तरदायित्वका बारेमा अफुले धेरै कुरा सिकेको र वाल मैत्री हुनकोलागी आवाश्यक मापदण्ड पुरा गर्ने कुरामा नगरका जनप्रतिनिधिलाई समेत वाल सञ्जालले डोर्याउदै अहम भुमिका निर्वाह गरिरहेकोमा वाल सञ्जाललाई धन्यवाद दिदै कनकाई वाल सञ्जालले चालेको अभियानले वालवालिकाको समुन्नत , उज्ज्वल भविस्यको निम्ति गर्दै आएको कामहररुमा सफल हुन सकोस भन्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो । त्यस्तै बिशिस्ट अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले वाल दिवस वालवालिकाको चाड भएको वताउदै वालवालिकालाई अनुशासनका बिषयमा ज्ञानकुरा बाड्नु भयो ।
कनकाई नगरका वालकल्याण अधिकारी तथा कार्यक्रमका विशेष अतिथि उमनाथ ढकालले कार्यक्रम सफलताको कामना गर्दै कनकाई नगर वास्तविकतामा वाल मैत्रि बनिसके पछि मात्रै वाल मैत्री घोषणा गरिने र यसको लागि सरकारले तोकिएका ५२ सुचक पुरा गर्न अझ धेरै काम बाकी रहेको वताउनु भयो । ढकालले यि सुचक पुरा गर्न आफु वाल कल्याण अधिकारि भइ अहिले सम्मको अवस्थामा आइपुग्दा आफुलाइ अरु कसैको भरोसा नभएको र वालवालिका संगै पुर्ण भरोसा रहेको हुदा वालवालिकाबाट पनि साथसहयोग पाउने विस्वास आफुलाई भएकोले वाल मैत्री नगर बनाउन आफु जस्तोसुकै आँधिवेरि संग पनि जुध्दै वालवालिकाको अगाडि सधैं उभिने र कनकाई लाई साच्चिकै वाल मैत्री नगर बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै ढकालले देशको विकास गर्नु छ भने जिम्मेवार निकायका अधिकारीहरुको चेतनामा पनि विकास हुनुपर्नेमा जोड दिनु भयो ।
विभिन्न संघसंस्थाका प्रमुख , नगरका वडाका अध्यक्षहरु , वाल सञ्जालका पुर्व पदाधिकारीहरु , शिक्षक प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा कनकाई माविका प्रअ कर्ण बहादुर डागी , कनकाई वडा नं। ४ का वडा अध्यक्ष रोसन सुवेदी , सामाजिक ब्यक्तित्व नेत्र प्रसाईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कनकाई नगर वाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई सञ्जालकी कोषाध्यक्ष गंगा दाहालले स्वागत गर्नुभएको थियो । अौपचारीक कार्यक्रमको संचालन संचालक द्वय रोसन प्रसाईं र अस्लेसा कडेलले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संचालन संचालक द्वय अभिषेक बुढाथोकी र समिर विश्वकर्माले गर्नुभएको थियो ।