लीलाराज झापाली
विर्तामोड असोज १ गते । झापा विर्तामोडका एक सिटि रिक्सा चालकले आफनो रिक्सामा यात्रुलले छाडेको लाखौ मुल्यवरावरको सामान र नगद सम्बन्धित धनीलाई बुझाइदिनुभएको छ ।
झापा विर्तामोडस्थित विर्तावजारमा डेरा गरि वस्ने रिक्साचालक दिनेश शाहले शनिवार विर्तामोड पश्चिम वसस्टेन्डबाट ३ किलोमिटर दक्षिण जाने एक यात्रुलाई घरसम्म छाडेर फर्किदा ती यात्रुको झोला रिक्सामै छाडिएको थियो । झोलामा नगद १३ हजार २ वटा सुनको चुरा , २ वटा मोवाइल र अत्यावश्यीकिय कागजातहरु रहेको थियो । सामान सिटिरिक्सामा छुटेको थाहा पाएकी सामानधनी अताल्लीदैँ इलाका प्रहरी कार्यालय विर्तामोडमा पुग्नुभएको थियो ।
प्रहरीले झोलामा रहेका दुवै मोवाइलमा पालैपालो नम्बर हान्दा करिव १५ मिनेट पछि फोन रिक्साचालक शाहले उठाउनुभयो र मोवाइल सहितको ती सामान प्रहरीकै रोहवरमा इलाका प्रहरी कार्यालय विर्तामोडमा बुझाइदिनुभएको थियो । शाहले अर्को यात्रुले रिक्सामा झोला रहेको वताएपछि आफु झोला पुर्याउनका लागि पहिलेकै यात्रुको घर जार्दै गर्दा झोलाको फोन धेरै बझन थालेपछि उठाइदिएको बताउँनुभयो । सामान पाएपछि खुसी भएर सामानधनीले २ हजार रुपैँया पुरस्कार रकम समेत प्रदान गर्नुभएको थियो ।
आफना ३ छोराछोरी र श्रीमतीका साथमा डेरा गरि वस्दै आउनुभएका शाह गरिव भएपनि विना परिश्रम अर्काको केहि लिनुनहुने आफनो विचार भएकाले झोला फिर्ता दिएको वताउँनुभयो । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डिएसपी राजकुमार सेलवाल शाहले आफुले वदमाशी गर्न चाहेको भए झोला अरु कसैले लगेको वा थाह नभएको भनेर टार्न सक्ने तथा यात्रुको मोवाइलनै अफ गर्न सक्ने वताउँनुहुन्छ । यो सानो पेशाकर्म गर्नेको ठुलो इमानदारिता हो । सेलवालले भन्नुभयो ।