कनकाई अनलाईन
झापा सुरुङ्गास्थित सुभम श्री हस्पिटल प्रालिद्धारा कनकाई नगरपालिका २ सुकेडाँगीका स्थानीयका लागि एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
कनकाई नगरपालिका २ को समन्वयमा भएको उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगको निशुल्क चेकजाँज र औषधि समेत प्रदान गरिएको उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगका २३० जना विरामीको निशुल्क चेकजाँच गरिएको अस्पतालका इन्चार्ज बसन्त पोख्रेलले जानकारी दिनुभयो । जसमा वालरोगका ३० जना, महिला रोगसग सम्बन्धित ४५ जना, हाडर्जोनीका ५० जना, जनरल फिसिसियन ६५ जना, छालाको २५ जना र अन्यका १५ जना विरामीले सेवा र निशुल्क चेकजाँज गरि निशुल्क औषधि समेत प्रदान गरिएको अस्पतालका प्रबन्ध निर्देशक अशोक शर्माले बताउँनुभयो ।
स्वास्थ्य शिविरमा डाक्टरहरु बालरोग विशेषज्ञ डाक्टर रुपक आचार्य, हार्डजोर्नी तथा नशारोग डाक्टर प्रविन चौधरी, महिला तथा प्रसुती रोग विशेषक डाक्टर सविना केसी, सिनियर मेडिकल अफिसरहरु डाक्टर सौरभ यादव, डाक्टर असिम यादव, डाक्टर कृष्ण पोद्धार लगायातले सेवा दिनुभएको थियो । कनकाई २ नम्बर वार्डको समन्वय समेतमा उक्त स्वास्थ्य शिविर कनकाई २ स्थित जानकी आधारभुत विद्यालयमा आयोजना गरिएको थियो । शिविरमा झापा कनकाई नगरपालिका १,२,३ र इलामको माई नगरपालिका समेतका विरामहरुले सेवा लिएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतावले बताउँनुभयो । १ बर्ष पहिले कनकाई नगरपालिका ३ सुरुङ्गामा डाक्टर चिकित्सकहरुकै टोलीद्धारा स्थापना गरिएको उक्त अस्पतालले नेपाल तथा भारतका विरामीका लागि विभिन्न रोग विरामहरुको २४ औ घण्टा इमरजेन्सी सेवा प्रदान गर्दै आइरहेको छ ।