कनकाई अनलाईन
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापाले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन छनौट गरेको छ ।
झापाको दुधेस्थित सैनिक भवनमा भएको मंञ्चको बैठकबाट झापा क्षेत्र नम्बर ४ का लागि पार्टीका नेता लाहानसिंह तुम्बाफोलाई झापा क्षेत्र नम्बर ४ को लागि प्रतिनिधिसभाको लागि सिफारिस गरेको छ ।
यसैगरि क्षेत्रनम्बर ४ कै वैकल्पिक उम्मेद्धारका रुपमा सुमन सम्बाहाम्फेलाई सिफारिस गरेको छ । यसैगरि प्रतिनिधिसभाको समानुपातिक उम्मेद्धारका रुपमा शान्ता योङहाङलाई सिफारिस गरेको छ । यसैगरि प्रदेशसभा झापा ४ को क बाट प्रत्यक्ष उम्मेद्धारमा देवि निङलेखु र वैकल्पिक उम्मेद्धारका रुपमा जसबहादुर तामाङलाई अगाडि सारेको छ । यसैगरि झापा क्षेत्रनम्बर ४ को ख का लागि पार्टीका युवा नेता तथा जिल्ला उपाध्यक्ष राजा आङथुप्रो र वैकल्पिक उम्मेद्धारका रुपमा रामप्रसाद थपलियालाई अगाडि सारेको छ । पार्टीले प्रदेश नम्बर एकका लागि समानुपातिक सांसदका रुपमा समेत ज्ञानु इम्बुङलाई अगाडि सारेको छ ।