कनकाई अनलाईन
पछिल्लो समय पर्यापर्यटन तथा विकासका क्षेत्रमा समेत निक्कै अगाडि वढीरहेको झापा कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वनको आर्थिक वर्ष २०७४/७५ का लागि झण्डै १ करोड रुपैँया वरावको वजेट विनियोजित गदै सामुदायिक वनको ३१ औ उपभोक्ता भेला तथा २२ औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
सभामा सामुदायिक वनका अध्यक्ष सुर्यकुमार थापाले वनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै यो आर्थिक वर्ष २०७४÷७४का लागि ९० लाख ५१ हजार ५ सय ६० रुपैँया बरावरको अनुमानित आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । जुन यस सामुदायिक वन स्थापनादेखिकै सर्वाधिक रहेको उपभोक्ताको भनाई रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा समेत २०७३÷७४ मा कुल ६४ लाख २९ हजार ५ सय १७ रुपैँया वरावरको आम्दामीको अनुमान गरिएकोमा अनुमान भन्दा वढी ८३ लाख ३५ हजार ९ सय २२ रुपैँया आम्दामी भएको समेत जानकारी गराउनुभयो । अध्यक्ष थापाले वनको रुख विक्री गरेरमात्रै आम्दामी बाध्ने काम गर्दा वनकै विनास हुने भन्दै वनको आम्दामीका वाटाहरु अन्यत्र खोज ीगर्न थालिएको र वनमा पर्यापर्यटनको विकास गर्दै लैजाने निति लिइएको समेत वताउँनुभयो ।
उहाँले यस सामुदायिक वनलाई पर्याटन नगरी वनाउँन फायरलाईनमा चिल्डेन पार्क , बन्यजन्तुका लागि पिउने पानीको व्यावस्था , गैँडेँ आहाल तथा सुन्तले होलीक्षेत्रमा जैविक विविधताको संरक्षण लगायातका कामको थालनी गरिसकिएको वताउँनुभयो । थापाले वन संरक्षण विकास निर्माण र अति गरिव परिवारका लागि खाट तथा सौचालय निर्माणजस्ता कार्य गरि यस वार्डलाई खुल्ला दिसामुक्त क्षेत्रसमेत बनाइएको वताउँनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले केहि वर्ष पहिलेसम्म सामुदायिक वन आलोचनाका पात्र बन्ने गरेकोमा हाल आएर नेपालका सामुदायिक वन विश्वका मानिसहरुका लागि वन संरक्षणका लागि पाठशाला बन्ने गरेको वताउँनुभयो सामुदायिक वनमा जतिक्को लोकतनत्र अन्य कुनै संघ संस्था र सरकारका निकायमा समेत नरहने गरेको भन्दै प्रजापति सामुदायिक वनले यस क्षेत्रको विकास निर्माण र चेतनास्तरको श्रीवृद्धिमा महत्वपुर्ण भुमिका खेलेको वताउँनुभयो ।
कनकाई नगरले अव चाडै यस क्षेत्रका अन्य सामुदायिक वन र पर्यटकिय क्षेत्रसग समन्वय गरि यस क्षेत्रलाई पर्यापर्यटनको हवका रुपमा विकास गदै लैजान योजना सुरु गरिसकिएको भन्दै चाडैनै पर्यटनका माध्यमबाट नगरलाई समृद्धिमा लैजाने घोषणा गर्नुभयो । कार्यक्रममा सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष वेदप्रसाद भण्डारी , अग्रज शिक्षासेवी ताराप्रसाद खनाल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , कनकाई नगर १ नम्बर वार्डअध्यक्ष रोशनराज पोखरेल , प्रजापति युवा क्लवका अध्यक्ष मिलन दाहाल लगाँयातले शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरि वन क्षेत्रमा रहेका परिवारभित्रबाट एसईई परिक्षमा उत्कृष्ट अंक ल्याउने शिशिर अधिकारी , कमला तामाङ्ग र रक्षा भट्टराईलाई जनही नगद २५ सय सहित पुुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको संचालन सचिव शुशिल कोइराला तथा स्वागत धिरकुमार पोखरेलले गर्नुभएको थियो । यस साधरण सभा चुनावी समेत भएकाले नयाँ निर्वाचित समिति चयनका लागि भने सभाले नयाँ निर्वाचन समिति चुन्ने छ ।