कनकाई अनलाईन
नेकपा एमालेको झापा क्षेत्र नम्बर ४ बाट हालका माननीय एलपी साँबा लिम्बु सर्वसम्मत उम्मेद्धार चयन हुनुभएको छ ।
आज सुरुङ्गामा बसेको पार्टीको झापा क्षेत्र नम्बर ४ को क्षेत्रिय समन्वय कमिटीको बैठकले साँबाको नाममा सर्वसम्मत उम्मेद्धारी चयन गरेको हो ।
साँबा यसअघिको २०७४ सालको निर्वाचनमा झापा ४ बाट कांग्रेसका उम्मेद्धार देउमान थेबेलाई १६ हजार ८०० मतअन्तरले पराजित गर्दै सांसद हुनपुगेका थिए । नेपाली कांग्रेसले यस झापा क्षेत्र नम्बर ४ बाट पुन कांग्रेसका देउमान थेबेलाई उम्मेद्धार तोकिसकेको छ ।
साँबाको नाममा सर्वसम्मत गर्नका लागि झापा क्षेत्र नम्बर ४ का अन्य उम्मेद्धारहरु प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिरा थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर उपमेयर चन्द्रकुमार शेर्मा र भोजकुमारी नेपाल र होम गौतमले उम्मेद्धारी दावी छाडेसगै साँबाको नाममा एकल उम्मेद्धारी जिल्लामा पठाइएको हो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा