Kanakai Online

सुचना अलुकाउ सुचना आयोग


शुक्रवार, भदौ ३०, २०७४ |

दोर्ण अधिकारी
भदौ ३० गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. कृष्णहरि बाँस्कोटाले जनता सूचनाको मालिक हुन् भन्ने कुरा विर्सन खोज्दा राज्य संयन्त्र र नागरिक बीचमा दुरी बढ्दै गएको बताउँनुभएको छ ।
झापाका स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यलयका प्रमुख, सूचना अधिकारी राजनीतिक दलका प्रतिनिधिहरु लगायत सरोकारवाला सरकारी, अर्ध सरकारी तथा गैर सरकारी संघ संस्थाका जिम्मेवार व्यक्तिसित गरिएको सूचनाको हक तथा सूचना संप्रेषण अन्तरक्रिया कार्यक्रममा भद्रपुरमा डा. बाँस्कोटाले यस्तो बताउँनुभएको हो ।
दोस्रो जनआन्दोलनको उपलब्धी स्वरुप नेपाली नागरिकले प्राप्त गरेको सूचनाको हक राज्यका जिम्मेवार निकायका नेतृत्व कर्ताले आफ्नो अनुकुलताका लागि नभएर पारदर्शी शासन सञ्चालनमा प्रयोग हुनु पर्ने बाँसकोटाले बताउँनुभयो ।
उहाँले जनताले सूचना माग्न सक्ने शक्ति निर्माण गर्न नसकुञ्जेलसम्म सञ्चारकर्मीले सञ्चारमाध्यम मार्फत जनताका घर घरमा सूचना पुर्याएर शासक प्रशासकको खवरदारी गर्नु पर्ने बताउँनुभयो । पूर्व सचिव समेत रहनुभएका बास्कोटाले जनतालाई हरेक कृयाकलाप बारे जानकारी दिन नमान्ने सरकारी, गैर सरकारी सार्वजनिक निकायका नेतृत्वकर्ताले नैतिकता विहिन जीवन बाँच्नु पर्ने भन्दै समय मै सोचेर काम गर्न सुझाव समेत दिनुभयो ।
पारदर्शी सेवा सूचना आयोगको अभियान भएको भन्दै प्रमुख आयुक्त बाँस्कोटाले वर्तमान संविधानले संघ र प्रदेशको अवधारणा अनुसार आयोगको परिकल्पना गर्न नसक्दा केन्द्रीकृत स्वरुपमा काम गर्दा सोचे अनुसार गतिशील हुन नसकोको बताउँनुभयो ।
उहाँले स्थानीय तहका नेतृत्व कर्ताले परिवर्तित समय अनुकुल सूचना संप्रेषण तथा पारदर्शी सेवाका लागि सुचनाको हकलाई सम्मान गर्नु पर्ने बताउँनुभयो । झापामा रहेका सूचना अधिकारीहरुले सूचना वितरण र सेवा प्रवाहमा काम गर्न नसकेको जनगुनासो आएको भन्दै नाम मात्रको सूचना अधिकारी बन्ने परम्परा अन्त्य गरी सेवामुखी सूचना अधिकारी बन्न निर्देशन समेत दिनुभएको छ ।
झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्य आयोगका निमित्त सचिव मनोहरि अर्याल तथा कार्यपत्र पेश उपसचिव वेदनिधि अधिकारीले गर्नुभएको थियो ।