Kanakai Online

प्रदेश सांसद हिरा थापाको झापा ४ को संघिय सांसदमा दावी


मङ्गलवार, भदौ १४, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ ख का प्रदेश सांसद तथा पुर्व भुमिसुधार तथा कृषि मन्त्री हिराकुमार थापाले आफुले झापा क्षेत्र नम्बर ४ को संघिय निर्वाचनमा टिकट पाउनुपर्ने दावी प्रस्तुत गर्नुभएको छ ।


नेकपा एमालेका प्रदेश सदस्य समेत रहनुभएका सांसद थापाले आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफु पुन प्रदेश सांसदमा उम्मेद्धारको दावी नरहेको समेत प्रष्ट पारेका छन । उनले भने मैले प्रदेश सांसदका लागि नयाँ सदस्यलाई ठाउ छाडिदिएको छु अब मेरो प्रदेश सांसदका लागि दावी हुनेपनि छैन मैले नया साथीहरुलाई ठाउ छाडिदिएको पनि हो अब मलाई पुराना सांसदले समेत मलाई ठाउ छाडिदिनुपर्यो भन्दै थापाले एलपी साबा लिम्बुको स्थानमा आफ्नो सशक्त दावी रहेको समेत पत्रकार सम्मेलनमा बताउनुभयो ।

कार्यक्रममा पत्रकार र एमाले केन्द्रदेखि वार्डतह सम्मका नेताहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रमका विच प्रदेश सांसदले आफुले ५ बर्षमा गरेका कामहरुको समेत जानकारी गराएका थिए । थापाको यस क्षेत्रमा दावी सगै झापा क्षेत्र नम्बर ४ मा हालसम्म २ जनाको दावी परेको छ । यस क्षेत्रका संघिय सांसद साँबाले यस क्षेत्रमा भोटका लागि आफ्नो निर्वाचन गतिविधि तीव्र पारिसकेका छन ।

सम्बन्धित खबर