Kanakai Online

बिर्तामोडका मेयर उपमेयर हराएको भन्दै भ्रम फैलाउने पक्राउ


आइतवार, भदौ १२, २०७९ |

कनकाई अनलाईन
सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका – ४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले बताउँनुभयो । प्रहरीका अनुसार बिमलीलाई आइतवार दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए । बिमली दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर