Kanakai Online

कनकाई ६ नम्बर वार्डको तिज मिलनमा छमछम दिदिबहिनी


मङ्गलवार, भदौ ७, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिका वार्ड नम्बर ६ को आयोजनामा स्थानीय गायत्री मन्दिरमा तीज मिलन कार्यक्रम गरि मनाइएको छ ।


वडाअध्यक्ष दिर्घबहादुर थापाका अनुसार वार्डको आयोजनामा यस क्षेत्रका दिदी बहिनीहरुलाई दर खुवाएर यप बर्षको तीजको सुरुवात गरिएको हो । यसै सन्दर्भमा यस क्षेत्रका जेष्ठ १२ जना माताहरुलाई समेत सम्मान गरिएको थियो ।
कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको तीज मिलन कार्यक्रममा यस क्षेत्रका संघिय सांसद एलपी साँबा लिम्बु, प्रदेश सभा सदस्य हिराकुमार थापा, स्थानीय पार्टी प्रतिनिधिहरु गोपाल उप्रेती, धमेन्द्र भट्टराई, नारायण निरौला लगायातको आतिथ्यता रहेको थियो । सीता बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा गंगा काफ्लेले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा प्रतियोगितात्मक तीज नृत्य कार्यक्रमको समेत आयोजना गरिएको थियो । उत्कृष्ट प्रतियोगिलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई मन पराएर यस क्षेत्रका सांसद एलपीसाँबा लिम्बुले नगद १३ हजार ५०० समेत सहयोग गर्नुभएको थियो । सामुहिक दर खाने कार्यक्रम राखिएको उक्त कार्यक्रममा यस क्षेत्रका सयौ उपस्थिति महिला दिदी बहिनीहरुले तीज गितमा नाचगान समेत गरेका थिए ।

सम्बन्धित खबर