Kanakai Online

मन्त्री बनेपछि सुरुङ्गामा आएर प्रसाईले भनीन अव महिला सशक्तिकरणले मात्रै देश बन्छ


सोमवार, भदौ २६, २०७४ |

कनकाई अनलाईन
कनकाई । कृषी राज्यमन्त्री सरिता प्रसाईले अबकोआवश्यकता महिला सशक्तिकरणको रहेको बताएकी छन् । नेपाली काँग्रेस कनकाई नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रसाईले सो कुरा बताएकी हुन् । अबका दिनमा महिलाहरुले व्यत्तिगत रुपमा मात्र नभएर समुहगत रुपमा अगाडी बढ्नुपर्ने र यसरी बढ्नमा आफु जुनसुकै तवरवाट पनि आवश्यकता अनुरुपको सहयोग गर्दै जाने कुरामा जोड दिईन् ।
उहनले महिला आपैm सजग भएर अगाढी बढ्नु पर्नेमा जोड दिनु भएको छ । राज्यमन्त्री प्रसाईले महिला सशक्तिकरणका लागि आफुले जुनसुकै हदमा रहेर पनि काम गर्न सक्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् ।
नगर सभापति नेत्र चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई सामुदायीक बनकी सचिव मान्ता खरेल, ३ नम्बर वडा अध्यक्ष रुद्र चिमरिया, नगरका पुर्व सभापति लिला बहादुर कटुवाल, तरुण दलका सभापति तुलसी बिमली, दलित संघ केन्द्रिय सदस्य सुन्दरा ल्वागुन, झापा क्षेत्र नं.–४ का क्षेत्रिय सभापती भिम राजवंशी, नेता टिका प्रसाई लगायतबमे मन्तव्य रहेको थियो । े ।
नेपाली कंग्रेस कनकाई नगर सचिव दुर्गा प्रसाईले संचालन गरेको कार्यक्रममा स्वागत महिला संघ झापा क्षेत्र नम्बर–४का सभापती कविता बस्नेतले गरेकी थिईन् ।