कनकाई अनलाईन
सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा यसवर्षपनि पुन झापाका ८ नगरपालिका विच प्रतिस्पर्धात्म फुटवल खेल हुने भएको छ ।
अघिल्लो वर्षदेखि प्रतिष्ठानको आयोजनामा झापा जिल्ला स्तरीय नगरस्तरीय फुटवल प्रतियोगिता कनकाई कप हुदै आएको छ । असोज ७ गतेसम्म चल्ने यो प्रतियोगिताको उदघाटन खेल आयोजक कनकाई नगरपालिका र छिमेकी अर्जुनधारा नगरपालिकाविच भदौ ३१ गते शनिवार हुने भएको छ ।
प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानले शुक्रवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । यसैगरी असोज १ गते मेचीनगर नगरपालिका र गौरादह नगरपालिका विचको खेल हुने छ भने २ गते भद्रपुर नगरपालिका र दमक नगरपालिका तथा ३ गते विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाविचको खेल हुने आयोजक संस्थाका अध्यक्ष ज्योतीकुमार उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५ हजार द्धितिय पुरस्कार ५५ हजार रुपैँया राखिएको छ भने हरेक दिनको म्यान अफ द म्याचलाई २ हजार र म्यान अफ द टुनामेन्टलाई ५ हजार पुरस्कार दिइने खेल संयोजक राजेन्द्र उप्रेतीले वताउँनुभयो ।
प्रतियोगितालाई व्यावस्थि तगर्नका लागि राजेन्द्र उप्रेतीको संयोजकत्वमा मुल खेल व्यावस्थापन समिति गठन गरिएको छ भने लीलाराज झापालीको संयोजत्वमा प्रचार प्रसार , नविन सेढाँईको संयोजत्वमा तथा कृष्ण सिटौलाको सहसंयोजत्वमा स्वयाम सेवक परिचालन समिति , अर्जुन गिरीको संयोजकत्वमा खेल व्यावस्थापन , दिलकुमार कार्कीको संयोजकत्वमा मैदान व्यावस्थापन , राजेन्द्र उप्रेतीकै संयोजकत्वमा आर्थिक समिति , दुर्गा प्रसाईको संयोजकत्वमा स्टेज निर्माण उपसमिति , रिसी राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण भएको छ ।
भने आयोजक टिमको तयारीका लागि वार्डस्तरीय खेलबाटै खेलाडी छनौट गरी २२ खेलाडी हाल बन्द प्रशिक्षणमा रहेका छन । खेलाडीलाई प्रशिक्षकद्धय सन्त रायमाझि र लीलु गिरीले प्रशिक्षण दिदै हुनुहुन्छ । प्रतियोगिताको कुल खर्च ६ लाख ६० हजार लाग्ने तथा प्रथम पुरस्कारको प्रायोजन कनकाई नगरपालिका तथा दोस्रो पुरस्कारको प्रायोजन कनकाई सामुदायिक वन सग गर्न माग गर्ने समेत आयोजक समितिका कोषाध्यक्ष दुर्गा प्रसाईले बताउँनुभयो । वाकी सहयोग अन्य नगरपालिका र संघ संस्थावाट सहयोग मागिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानले शुक्रवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।