Kanakai Online

विरिङ र कमलखोलाले दुइलाई बगायो


सोमवार, भदौ १९, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , भदौ १९ गते । झापाको विरिङ खोलाले बगाउँदा शनिवार एक व्याक्तिको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका ५ का ४५ वर्षिय मिलन विकको मृत्युभएको हो । उनको शव आइतवारमात्रै कनकाई नगरपालिकाको विरिङपुल नजिक्कै फेला पारिएको थियो ।
काम गरेर घर फर्किने क्रममा वाटोमा रहेको खोला तर्दा बगेर विकको ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी झापाकै कमल खोलाले वगाएर शनिवारदेखि वेपत्ता बनेका शिवसताक्षी नगरपालिका ३ निवासी ७१ वर्षिय वृद्ध हस्तबहादुर लिम्बुको हालसम्म पनि शव भेटिएको छैन । उनलाई खोलाले बगाएर वेपत्ता वनाएको खबर पाउनसाथ प्रहरी र सर्वसाधरणले खोजीलाई तीव्रता दिएपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर