कनकाई अनलाईन
विर्तामोड , भदौ १७ गते । कम्युटर एशोसिएसन अफ नेपाल (क्यान ) झापाको दोस्रो अधिवेशनले लक्ष्मीकान्त खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शनिवार विर्तामोडमा भएको तेस्रो साधरणसभाले खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सुभकुमार पाठक , सचिवमा रोषन दाहाल सहसचिवमा सुरज धिमाल र कोषाध्यक्षमा राजु श्रेष्ठ रहनुभएको छ ।
यसैगरी कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद घिमिरे , रोषन वुडाथोकी , टंकप्रसाद गौतम , लोकनाथ खनाल , चित्राङ्ग तिम्सिना र विनोद प्रधान रहनुभएको छ ।