कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लपका कनकाई नगर इन्चार्ज तथा झापा जिल्ला सदस्य युद्ध झापाली सहित ७ जना सो पार्टीका जिल्ला स्तरीय नेताले आजबाट विप्लप पार्टी परित्याग गरि आहुति नेतृत्वको नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छन ।
आजै सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै कनकाई नगर इन्चार्ज झापाली सहित पार्टीकी कनकाई नगर कमिटि सदस्य तथा पार्टीकी महिला संगठन कोषाध्यक्ष लीला ओली भट्टराई, पार्टीकी कनकाई नगर सदस्य गोमा वराइली, पार्टीका अखिल नेपाल किसान महासंघका जिल्ला संयोजक तथा झापा गाउँपालिकाका गणेशप्रसाद ढुङ्गेल, पार्टीका उर्लावारी नगर कमिटी सदस्य विष्णु श्रेष्ठ, पार्टीका उर्लावारी नगर सदस्य रन्जना तामाङ र पार्टीका जिल्ला युवा संगठनका सदस्य अजय शाहले विप्लप नेतृत्वको माओवादी परित्याग गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।
विशेषत पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले केपी ओलीको सरकारसग तीन बुदे सम्झौता गरेर पार्टीलाई र सिंगो क्रान्तिलाई धोका दिएको भन्दै लामो समय पर्खदा समेत नेतृत्व नसुध्रिएको कारण आफुहरु पार्टीमा बसिरहन नसकेको कनकाई नगर इन्चार्ज झापालीले बताउँनुभयो । आफुले पार्टी र क्रान्तिका लागि पटक पटक जेल बस्नुपरेको भन्दै नेताहरु सक्ता सग सौदाबाजी गर्दै तीन वुदे सहमति गरेको झापालीको आरोप थियो ।
पार्टीका नवप्रवेशीलाई सुरुङ्गामा आयोजित कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रदेश एकका संयोजक आशिस लिम्बु, पार्टीका किसान संगठनका केन्द्रिय संयोजक टिका पोखरेलल लगायातले स्वागत गरेका छन । वैज्ञानिक पार्टीले एक व्याक्ति एक पद र एक मौका लगायातका वैज्ञानिक पार्टी पद्धतिको विकास गरेको तथा स्थानीय निर्वाचन वहिस्कारको कार्यक्रम लिएर जनताको घरदैलोमा जाने समेत संयोजक लिम्बुले बताउँनुभयो ।