कनकाई अनलाईन
सुरुङ्गा । कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमकी सचिव अम्बिकादेवि खरेललाई पतिशोक परेको छ ।
उहाँका श्रीमान कमलप्रसाद खरेलको साउदी अरबमा गत पौष २२ गतेका दिन उपचारका क्रममा निधन भएको हो । उहाँ घाटीको क्यान्सरबाट पिडित रहनुभएको थियो ।
साउदी कानुनी प्रक्रिया पूरा गरेर उहाँको पार्थिक शरिरलाई आइतवार विहान नेपाल ल्याई पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने उहाँका परिवारका सदस्य गोपाल खरेलले बताउँनुभयो । कमलप्रसाद खरेल २०६३ सालदेखिनै साउदीको दमामलाई कर्मथलो बनाएर विभिन्न संघ संस्थाको समेत नेतृत्वमा रहनुभएको थियो । उहाँ नेपालीलाई समस्या र साह्रो गाह्रो र अलपत्र पर्दा सहयोग पुर्याउदै आउनुभएको थियो । उहाँ नेपालभित्र समेत विभिन्न संघ संस्था र खेल क्षेत्रलाई अर्थिक र अन्य सहयोग गर्दै आउनुभएको थियो ।
उहाँ २०७८ साल वैशाखदेखि क्यान्सर रोग लागि काठमाण्डौको नेशनल क्यान्सर रोग अस्पतालमा उपचार पछि कर्मथलो साउदी तर्फ लाग्नु भएको थियो । खरेलको साउदी स्थित नेपाली दुतावास त्यहाँ रहेका संघ संस्थाका प्रतिनिधि नेपाल सरकार लगायातको सहयोगमा नेपाल शव ल्याइदै छ । उहाँको आफ्नै र छोरा आलोक सग मेरो शव पशुपतिमा दाह सस्कार गर्नु भनेको हुदा नेपालको पशुपति आर्यघाटमा आइतवार साढे १० बजे दाह सस्कार गरिने कमलका काका गोपाल खरेलले बताउँनुभयो ।