Kanakai Online

झापामा हात्ती पाइलेको औषधि खुवाउन १२ सय स्वास्थ्यकर्मी परिचालित


आइतवार, फागुन २९, २०७८ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा हात्ती पाइले बिरुद्धको आम औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सोऔषधि सेवन गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।

कनकाई नगरपालिकाका ९ वटै वार्डमा पहिलो दिन निश्चित स्थानमा र दोस्रो दिनदेखि थप ४ दिनसम्म घरघरमै गएर आम औषधि खुवाउने कार्यक्रम रहेको कनकाई नगरपालिकाका हात्तीपाईले फोकल पर्सन तथा स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो । कनकाई नगरपालिकामा ४७ हजार बढीलाई यो औषधि खुवाउनका लागि २० जना महिला स्वयमसेविका र ३५ जना स्वास्थ्यकर्मी परिचालित गरिएको अधिकारीले बताउँनुभयो । ५ दिनभित्र समेत औषधि खुवाउन नसकिए थप केहि दिन यो अभियान लम्बिने अधिकारीले बताउँनुभयो ।
बिर्तामोड, फागुन २८ गते । झापामा शनिवारबाट हात्ती पाइले बिरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ ।
झापाका १५ वटै स्थानिय पालिकामा औषधि खुवाउनका लागि ६ सय कर्मचारी र ६ सय स्वयम सेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाईले बताउँनुभयो । प्रदेश एकमा झापा सगै मोरङ जिल्लामा यो औषधि खुवाइदै छ । सुरुमा ५ दिनसम्म अभियानकै रुपमा संचालन गरिने र बाकी रहेमा थप केहिदिनसम्म यो अभियान जारी रहने चौम्लागाईले बताउँनुभयो । झापामा ८ लाख ४३ हजारजनालाई यो औषधि सेवन गराइने कार्यक्रम रहेको छ ।
हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गर्दा सामान्य असर देखिए त्यसलाई प्रभावकारी मानिने र सेवनकर्तामा हात्तीपाईले रोगको जिवाणु रहेको हुनसक्ने जिल्ला जनस्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
’कसैलाई टाउको दुख्ने वाकवाकी लाग्ने त्यस्तो समस्या देखिए शरिरमा किटाणु भए औषधीले काम गर्न थाल्दा त्यस्तो समस्या देखिन सक्ने चम्लगाईले बताउँनुभयो । त्यस्तो समस्या केही घण्टामा हराएर जाने समेत उहाँले बताउनुभयो ।
झापामा सन २०१२ देखि हात्तीपाइले बिरुद्धको औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ । सन २००१ मा झापामा हात्तीपाइलेको २४ प्रतिशत बिरामी रहेकोमा सो संख्या २०२० मा ३ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताउँनुभयो । यो संख्या दुई प्रतिशतमा झार्न सकिएमा मात्रै यस अभियान सम्पन्न हुने घिमिरेले बताउँनुभयो । अज्ञानताका कारण मानिसहरुले औषधि सेवन नगर्दा बर्सेनि ठूलो धनराशि यो अभियानमा खर्चनु परेको घिमिरेले बताउनुभयो ।
सात दिनको सुत्केरी, दुई बर्षभन्दा तलको बालबालिका र सिकिस्त बिरामी बाहेक सबैले औषधी सेवन गर्न मिल्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका तुलसी पोख्रेलले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा लगायतले औषधी सेवन गरेर बिर्तामोडमा हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियानको सुरुवात गरिएको हो । झापामा यो अभियान ११ औ पटक संचालनमा रहेको छ । झापामा हालसम्म २.३३ प्रतिशतमा यो समस्या रहेको फोकल पर्सन चम्लगाईले बताउँनुभयो ।

झापाको झापा गाउँपालिकामा सबैभन्दा वढी यस समस्या रहेको र अघिल्लो अभियानमा झापामा १४० जना हात्ती पाइलेका विरामी, १४६ जना हात्ती पाइलेका कारण हाइड्रोशिल भएका र हात स्तन सुनिएका बिरामी फेला परेको फोकल पर्सन चम्लगाईले बताउँनुभयो ।