कनकाई अनलाईन
बन्द सत्रमा सुनाइएको नामावलीमा थप नामावली थपेर अन्तिम नामावली प्रकाशनको तयारी निर्वाचन समितिले थालेसगै कनकाई उद्योग वाणिज्य संघमा विवाद भएको छ ।
विवादपछि निर्वाचन समितिले अर्को सुचना नआउन्जेल सम्मका लागि सबै निर्वाचनको कार्यक्रम स्थगित गरेको हो । यसअघि साधरणसभा संचालनहुनु १५ दिन पहिले सार्वजनिक गरिएको कनकाई उद्योग वाणिज्य संघको निर्वाचनमा १ हजार ५७ जनाको मात्रै नाम मतदातामा समावेश थियो । जुन अघिल्लो निर्वाचनको भन्दा ३ सय १८ जनाले कमि हो ।
अघिल्लो निर्वाचनका वेला कनकाई उवासंघको मतदाता सङख्यानै १३७५ रहेको थियो । बन्दसत्रमा भएको कार्यक्रममा कनकाई उवासंघको सदस्य सङख्यामा थप गरेर निर्वाचन मण्डलले नाम सार्वजनिक गर्न खोजेपछि विवाद भएको हो ।
विवादपछि अर्को सुचना प्राप्त नहुन्जेलसम्म निर्वाचन मण्डलले सुचना टास गरेरै निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको हो । कनकाई उद्योग वाणिज्य संघको पुराना समितिलेनै जम्मा १४०१ जना सदस्यको नाम टास गर्न खोजेपछि विवाद चुलिएको हो । निर्वाचन समितिलाई सुद्धासुद्धी हेर्नका लागि नामावली दिइएको हो तर थप सङ्ख्या वढाएर सुचना टास गर्न लागेपछि विरोध गरिएको एक सदस्यले बताए । निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेपछि भने उम्मेद्धारी दिनका लागि आएका सदस्यहरुले आफ्नो असन्तुष्टि फेसबुकका भित्ताहरुमा समेत पोखेका छन ।
पहिले निर्वाचन मण्डलको सुचनामा २३ गतेका दिन सबै निर्वाचन मनोनयनको काम सक्नुपर्ने पनि थियो । अब कहिले हुन्छ त निर्वाचनको तालिका भन्ने कनकाई अनलाईनको प्रश्नमा एक निर्वाचन समितिका सदस्यले यो कुराको जानकारी आफुलाई नभएको बताउँनुभयो । यस अघि २० गतेको सुचनामा निर्वाचन समितिले प्राविधिक कारण देखाउदै पहिलो पटक निर्वाचन गतिविधि २३ गतेसम्मका लागि स्थगित गरेको पनि थियो । यता निर्वाचन कार्यतालिका बिथोलिएसगै यस समस्यालाई चाडो मिलाउन बाणिज्य संघका सदस्यहरुको आवाज रहेको छ ।