कनकाई अनलाईन
कनकाई अनलाईन संघिय लोकतान्त्रिक राष्ट्रिय मंच नेपालको कनकाई नगर अध्यक्षमा हस्तबहादुर बनेमको अध्यक्षतामा १९ सदस्यीय कनकाई नगर कमिटी गठन भएको छ ।
मंचको सुरुङ्गामा भएको दोस्रो कनकाई नगर अधिवेशनबाट बनेको नेतृत्वमा उपाध्यक्ष सुवास मावा, छत्रबहादुर कुरुम्बाङ,तुलबहादुर राई, सचिवमा बसन्त मेन्याङबो र नवीन पोखरेल, कोषाध्यक्षमा सरिता खजुम र सदस्यहरुमा कर्णबहादुर, काजीमान मावो, रत्नबहादुर नेम्बाङ,लीला खजुम, जतन किस्कु, सम्पतलाल खबास, तुलसा तामाङ, इन्द्रकुमारी कुलुङ, रनमाया पोम्बो, युमिना राई, सत्यकला राई र मालनी इजम लिम्बु रहनुभएको छ । कार्यक्रमको सभापतित्व मंचका नगर अध्यक्ष हाङ्गबीर राई रहनुभएको थियो ।
भने कार्यक्रमको प्रमुख अतिथि लिम्बुवान प्रान्तिय उपाध्यक्ष ज्ञानु ईम्बुङ रहनुभएको थियो । कार्यक्रममा लिम्बुवानका प्रान्तिय सचिव भक्त मेयाङबो, प्रदेश सचिव भवि तुम्सा, जिल्ला अध्यक्ष नगिन राई, जिल्ला उपाध्यक्ष राजा आङथोपो, पार्टीका केन्द्रिय सदस्य राम थपलिया लगायातले बोल्नुभएको थियो ।