कनकाई अनलाईन
नेपाली कांग्रेस पार्टी कनकाई वडा नं.–१ महिला संघमा सभापतिमा गीता कार्की चयन हुनु भएको छ । फागुन २१ गते शनिबारका दिन कनकाई वडा नं.–१ मा अवस्थित मैनाली बन्धुहरुको सभाहलमा भएको पार्टी कार्यकर्ताहरुको भेलाद्वारा सर्वसम्मत रुपमा २१ सदस्यीय नेपाल महिलासंघ समिति गठन गरिएको हो । त्यस्तै समितिको उप–सभापतीमा गोमा थापा, सचिवमा कल्पना पौडेल, सह–सचिवमा गंगा निरौला, कोषाध्यक्षमा निलु पाण्डे चयन हुनु भएको छ भने सदस्यहरुमा क्रमशः चन्द्रकला कटुवाल, गीता गिरी, मन्दिरा परिवार, मैया श्रेष्ठ, धना दाहाल, रमा उप्रेती, ईन्दिरा भुजेल, होमा अधिकारी, तारा कोइराला, गीता ओली, दुर्गा डाँगी, अन्जना कटुवाल, गंगा नेपाली र कुमारी राय चयन हुनु भएको छ ।
नेपाली कांग्रेस पार्टीले आफ्नो १४महाधिवेशन सम्पन्न पश्चात संगठनको हितका निमित्त विभिन्न भातृसंघहरुको आवश्यकता ठहर गरी हाल वडा स्तरीय गठनका कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाली कांग्रेस वडा नं.–१ का सभापती मनोज बस्नेतले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा महिला सदस्य निर्मला ढकालले उपस्थित सम्पूणर्लाई मन्तव्यवाट स्वागत गर्नु भएको थियो । नेपाली कांग्रेस जिल्ला कार्य समिति तथा वडा नं.–१ का जिल्ला प्रतिनिधि लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल महिला संघ क्षेत्रिय सभापती तथा महाधिवेशन प्रतिनिधी कविता बस्नेत र झापा क्षेत्र नं.–४ (ख) ख्यामराज सिटौलाको विशिष्ठ आतिथ्य रहेको थियो । , कनकाई नगर सभापती दुर्गाप्रसाद प्रसाई, नेपाल विद्यार्थी संघ जिल्ला झापा सभापती राजेन्द्र उप्रेती, कनकाई नगर महिलासंघ सभापती शान्ता पोखरेल, महिला संघ नगर सचिव गाृमा कार्की, नगर उपसभापती सुर्यकुमार थापा, शिक्षासेवी अनिरुद्र ओली, नगर सदस्य धनपती चापगाई, टोल सभापती हरि पोखरेल गायतले शुभकामना मन्व्य राख्नु भएको थियो । नेपाल तरुणदल कनकाई नगर उपसभापती तथा झापा क्षेत्र नं.–४ (ख) का सचिव डिल्लीराम घोसाईले तरुणदल सम्वन्धीका विषमा सहजिकरण गर्नु भएको थियो । प्रदेश अधिवेशन प्रतिनिधि मनोज पोखरेल, नगर उपसभापती सुर्यकुमार थापा, सन्तोस रायमाझी, नगर सचिव रेणु प्रसाद कँडेल, दिपक खतिवडा लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव त्रिलचन रिजालले गरेका थिए ।