Kanakai Online

कनकाई उद्योग बाणिज्य संघको अध्यक्षमा सोमनाथ उप्रेतीको उम्मेद्धारी


आइतवार, फागुन २२, २०७८ |

कनकाई अनलाईन
कनकाई उद्योग वाणिज्य संघ कनकाईको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेतीले उम्मेद्धारी दिनुहुने भएको छ ।


यसअघि वाणिज्य संघको २ पटक सचिव र दुई पटक महासचिव रहनुभएका उप्रेतीले आफु सबैको सर्वप्रिय अध्यक्षका रुपमा काम गर्नका लागि सबैसमक्ष मतदान गर्न समेत अनुरोध गर्नुभएको छ । कनकाई उद्योग वाणिज्य संघको ७ औ साधरणसभा र तेस्रो चुनावी अधिवेशन सुरु भएको छ । निर्वाचनका लागि मतदाता नामवली लगायातका कामहरुका लागि प्रकाश चुडालको अध्यक्षतामा लीला भेटवाल र त्रिलोचन उप्रेती सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । राजनैतिक भन्दा पनि व्यावसायिक व्याक्तित्वले मात्रै उद्योगी व्यावसायीको हित गर्न सक्छ भन्ने उद्योगी व्यावसायीको मनासायको प्रतिनिधित्व गर्दै उम्मेद्धारी घोषणा गरि प्रचार प्रसारमा जुटेको उप्रेतीले कनकाई अनलाईनलाई बताउँनुभयो । कनकाई उद्योग वाणिज्य संघको सदस्य सङ्ख्या कोरोना कहरका कारण यसपटक अघिल्लो साधरणसभाको भन्दा घटेको बताइएको छ ।