Kanakai Online

वाढीले बिनास झापा गाउँपालिकामा संग्रौलाको माछाफर्ममा लाखौँको क्षती


बुधवार, भदौ १४, २०७४ |

झापा बजार । अविरल वर्खासगै आएको वाढीले झापा गाउँपालिका ७ सिमल वाढीमा साङग्रिला पशुपालन तथा वागवनी विकास केन्द्रमा लाखौको क्षती पुर्याएको छ ।
केन्द्रमा वाढी पस्दा ७ विगाह क्षेत्रफलमा रहेको सवै माछा वगाएर लैजादा आफनो ५० लाख बरावरको क्षती भएको विकास केन्द्रका संचालन टेकनारायण संग्रौलाले बताए । संग्रौला कांग्रेसका पुर्व जिल्ला सदस्य समेत हुन ।
संग्रौलाले आफनो १६ विगाह क्षेत्रमध्ये विभिन्न वोटविरुवा , फलफुल र ७ विगाह क्षेत्रमा भने ९ वटा ठुल्लठुला माछापोखरी बनाएर माछापालन गर्दै आएका थिए । माछा झिक्न तयारी अवस्थामा थियो वाढीपसेर सवै लगिदियो मैले कमतीमा आफना गाउँ र झापाका धेरैलाई भारतको मरेका माछा भन्दा गाउँकै स्वस्थ्य माछा खुवाउ भन्ने योजना थियो सवै चकानाचुर भयो संग्रौलाले भने ।
माछा लगेपनि पोखरीको पानी ओभरफलो मात्रै भएकाले पोखरीमा भने सामान्य मात्रै क्षती पुगेको उहाँले बताउँनु भयो । वाढी त सकियो अव माछा हाल्नुभनेको माछाका भुरा कहिपनि पाइएन कम्तीमा सरकारले यसवेला सहुलियत दरमै भएपनि माछाका भुरा मात्रै उपलब्ध गराइदिए म जस्ता धेरै किसानलाई राहत मिल्नेथियो संग्रौलाले भन्नुभयो ।
उहाँले गाउँपालिकाहुदै जिल्लामा क्षतीका वारेमा जानकरी गराउनुभएको छ । क्षतीधेरै भयो माछापोखरीमा भुरा हाल्नपाए हुनेथियो त्यो पनि पाइएन संग्रौलाले गुनासो गर्नुभयो ।

सम्बन्धित खबर