Kanakai Online

कनकाई क्याम्पसको सभा अधिकारी सम्मानित


बुधवार, भदौ १४, २०७४ |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्यापससभाका सदस्यहरुले भौतिक पुर्वाधारयुक्त यस क्यापसमा अव समयसुवाउदो विषयलाई क्याम्पसमा भित्राएर विद्यार्थीलाई अध्यापन गर्न गराउन माग गरेका छन ।
क्याम्पसको ११ औ क्यामपससभाका सहभागिहरुले क्याम्पसको गुणस्तर समेत दिनानुदिन खस्किएकाले आफुहरुले विद्यार्थीहरु अन्यत्र पठाउनुपरेको भन्दै अवका भावी दिनमा समयसुवाउदो विषयलाई क्याम्पसमा भित्राउदै पुराना र फे्रज आउट हुनलागेका विषयलाई क्याम्पसले हटाउदै लैजानसमेत सुझाव दिए ।
क्यापस सभाकामा अध्यक्ष केदार गिरीले क्याम्पसमा एमएडससम्मका कक्षाहरु संचालन गर्नसकेपनि समयसापेक्ष विषयहरु कम्युटर विज्ञान , फामेर्सी , कृषि तालिम , चिया खेती तालिम , पत्रकारिता लगायाँतका विषयलाई थप  आयोजित  गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले आफनै सुरुङ्गा आसपासकै विद्यालयबाट एलएलसी उर्तीण गर्ने विद्यार्थीलाई आकर्षण गर्न नसकिएको भन्दै उनीहरुलाई क्याम्पसले आकर्षण गर्नका लागिपनि समयसापेक्ष विषय छनौट गर्न सक्नुपर्नेमा त्यसोहुन नसकेको वताउँनुभयो ।
गिरीले क्याप्पसले अव चाडै अन्तराष्ट्रिय साटिफिकेट क्युए पाउन लागेको समेत जानकारी दिनुभयो । पुर्ववनमन्त्री समेत रहनुभएका शिक्षासेवी बीरमणि ढकालको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया ,  पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी , कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला , राप्रपाका नगर अध्यक्ष ज्योतीकुमार उप्रेती , कनकाई माविका प्राचार्य निर्मलकुमार खतिवडा , विद्यार्थी प्रतिनिधि नविन राई , प्राध्यापक संघका सभापति हरि तिम्सिना , लगायातले आआफना धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन तीर्थराज खरेलले गर्नुभएको थियो ।
यसैविच क्याम्पससभाको अवशरमा क्याम्पसका कर्मचारी पियन ईश्वरीप्रसाद अधिकारीलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद ५५ सय सहित सम्मान गरिएको थियो ।

 
 
यसैविच क्याम्पससभाको समाप्तीसगै आगामी भदौ महिनाभित्रै क्याम्पसले नयाँ नेतृत्व पाउने भएको छ । निर्वाचन समितिका संयोजक टिकाकुमार पोखरेल आइतवारसममा निर्वाचनको सुचना सावर्जनिक गरिसक्ने वताउँनुभयो । क्यापसमा अध्यक्षकालागि युवा नेतासमेत रहनुभएका प्रकाश चुडालको निश्चित
प्रायभइसकेको छ ।

सम्बन्धित खबर