Kanakai Online

गौरीगंञ्जमा कृषकहरुलाई कृषि उपज बैँक, बिचौलियाको अन्त्य


आइतवार, फागुन १५, २०७८ |

कनकाई अनलाईन
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका महाभारा क्षेत्रका कृषकलाई लक्षित गरि प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैँक गोदाम घर निर्माण गरि सरकारको समर्थन मुल्यमै धान खरिद सुरु गरेपछि धान कृषकहरु आभान्वित भएका छन ।


गौरीगंञ्ज गाउँपालिका १ माहाभारामा तत्कालिन भुमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार ५ सय १२ रुपैँया र आधा रकम सहकारीको गरि जम्मा १ करोड ४८ लाख रुपैँयामा उक्त गोदाम घर निर्माण गरिएको हो । उक्त खाद्यान्न गोदाम घरको प्रदेश एकका कृषि मन्त्री झलकसिंह दर्लामीले शनिवार उदघाटन गर्नुभयो । यसअघि कृषकहरुको धान मकै लगायातको कृषि उपजको एकिन मुल्य नपाउदा व्यापारीलाई सस्तैमा आफ्नो उत्पादन बिक्री गर्नुपरेको साना किनान सहकारी संस्था महाभाराका अध्यक्ष तिलचन्द्रसिंह राजवंशीले बताउँनुभयो । हाल गोदाम घरमा कृषकहरुबाट खरिद गरिएको २० हजार मन धान समर्थन मुल्यमै खरिद गरिसकिएको राजवंशीले बताउनुभयो । सरकारको सहयोगमा निर्माण गरिएको गोदाम घरमा ३५ हजार मनसम्म खाद्यान्न संञ्चित गरेर राख्न सकिने समेत राजवंशीले बताउँनुभयो । अहिलेपनि गाउँमा आफुले उत्पादन गरेको धान ९ सय ८० रुपैँयाको दरले व्यापारीलाई बिक्री गर्नुपरेकोमा साना किसानले आफ्नो धान ११ सय रुपैँयासम्ममा खरिद गरिदिएर ठुलो राहत मिलेको स्थानीय कृषक खेम राजवंशीले बताउँनुभयो । साना किसान सहकारीमा हाल ८४० कृषक शेयरधनी रहेका छन ।

कृषकको खाद्य गोदाम घरको उदघाटन गर्नुहुदै प्रदेशका कृषि मन्त्री झलकसिंह दर्लामी मगरले अव कम्तीमा कृषकहरु यस खाद्य गोदाम घरको निर्माण र कृषकको उत्पादनले उचित मुल्य पाएपछि कृषक विचौलियाबाट मुक्त भएको बताउँनुभयो ।
दर्लामीले हालपनि कृषक निर्वाहमुखी खेतीमै भरपर्नुपरिरहेको भन्दै सरकार अव कम्तीमा सबै कृषकलाई चक्लाबन्दी खेती र व्यावसायिक हुनका लागि मद्धत गर्न लागि परेको बताउँनुभयो । प्रदेश सरकार यहिका कृषकहरुको पौरखमार्फत देशमै समृद्धि ल्याउने काममा अगाडि वढिरहेको बताउँनुभयो । कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका प्रवक्ता तथा निमित्त सचिव राजेन्द्रप्रसाद उप्रेतीले प्रदेश एकका लागि अवको केहि दिनभित्रै २ लाख बोरा रासायनिक मल आउन लागेको जानकारी दिदै धान खेती अगाडि सम्मका लागि युरिया मल वाहेक डिएपी र पोटासको कमी नहुने जाननकारी दिनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायातले कृषकलाई प्रविधिमैत्री बनाउन सरकार लागिपरेको बताउँनुभयो । सोही कार्यक्रमका विच वार्डकार्यालयको आधा अनुदानमा कृषकहरुलाई ४० थान स्पे ट्याङ्की समेत प्रदान गरिएको थियो ।
फोटो ः कृषकका लागि खोलिएको खाद्य बैंक गोदाम घरको उदघाटन गर्नुहुदै कृषि मन्त्री झलकसिंह दर्लामी तस्वीर ः लीलाराज झापाली