Kanakai Online

कनकाई बनमा स्वतन्त्रको सम्मानजनक हार


आइतवार, भदौ ११, २०७४ |

कनकाई अनलाईन
बहुप्रतिष्ठित कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा स्वतन्त्रको प्यानलले सम्मानजनक हार व्याहोरेको छ ।
नेपालकै पूरानो सामुदायिक वनको निर्वाचनको मत परिणामले कनकाई नगरका सबै राजनैतिक दलको प्रतिष्ठामा हिलो लागेको छ ।
कनकाई सामुदायिक वन समुहको निर्वाचनमा सर्वसम्मर्तको नेतृत् वगर्ने भन्दै सवै दलहरु एक भएर एमालेका ख्याम ओलीको नेतृत्वमा उपाध्यक्ष माओवादी केन्द्रका ललितबहादुर कार्की सचिवमा कांग्रेसकी मान्ता खरेल , सहसचिवमा संघिय समाजवादी फोरमका खडग कुमाल तथा कोषाध्यक्षमा राप्रपाका प्रकाश थापालाई पदाधिकारी पदको छिनोफानो गरी लगभग नेनृत्व सर्वसम्बत गरिसकिएको थियो तर यहाँका रुष्ट बनेका दलकै केहि मध्यक्रमका दलका कार्यकर्ताकै सहमतिमा स्वतन्त्र प्यानलै खडा गरेपछि यहाँका दललाई चुनाव जित्न फरामकै चिउरा चपाउनुसरह बनेको थियो ।
दललाई चुनौती दिनका लागि माओवादी केन्द्रकी नगर सदस्य तथा महिला संघ क्रान्तिकारीकी नगर उपाध्यक्ष अम्बिका   सुवेदीेले निर्वाचन प्रायोजनकै लागि माओवादी केन्द्रबाट राजिनामा दिएकी थिइन भने उनी सर्मर्थित सुरुङ्गाको सिङगो माओवादी पार्टीको गुटनै चुनावी प्रचारमा निस्कियो जवकि माओवादी केन्द्रले आधिकारीक रुपमा ललितबहादुर कार्कीलाई सबै दलको तर्फबाट उम्मेद्धारी दिएको थियो , माओवादीकै पूर्व कार्यकताहरु सुरेशकुमार गुरुङ्गले समेत माओवादी केन्द्रको विपरीत प्यानलमा कोषाध्यक्षमा उम्मेद्धारी दिएपछि यो पार्टीमा जसरी भएपनि आफनै प्यानलविरुद्ध उम्मेद्धारी दिने उम्मेद्धारलाई हराउने भन्दै प्रचारमा निस्किएका थिए ।
कांग्रेसभित्र यो रोग अझ वढी झाग्गिएर गएको थियो , वाड तथा नगर कमिटी र सक्रिय सदस्यहरुले समेत निर्वाचनका वेला दैलोमै बसेर आफना विपरित ध्रुबका उम्मेद्धारलाई मत माग्न थालेपछि कांगेसका नेताहरुले यो दृश्यलाई रोक्न निक्कै सकस परेको थियो । मतदानमा एमाले र राप्रपा भने तुलनात्मक रुपमा जिम्बेवार देखिदा प्यानलका वढी उम्मेद्धारे विजयी हुन सफ लबनेका थिए । ५ पदाधिकारीमा सहसचिव वाहेक चार पदमा दलका उम्मेद्धार विजयी हुदा सहसचिव पदभने सुरुङ्गेली ५ दलले १७ मतको झिनो मत अन्तरले पराजित हुनुपरेको थियो । अध्यक्षमा ५ दलका तर्फबाट उम्मेद्धारी दिएका ख्याम ओलीेले स्वतन्त्रका नारायण ओलीलाई १४३ मतले पराजित गरे ।
ख्यामले ११२६ मत पाउदा उहाँका प्रतिद्धन्द्धी नारायणले ९९३ मत पाउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका दलको तर्फबाट उम्मेद्धारी दिनुभएका ललितबहादुर कार्कीे उहाँका प्रतिस्पर्धी स्वतन्त्रका टंक सुवेदीलाई २५२ मतअन्तरले पराजित गर्नुभयो । ललितबहादुर कार्कीले ११४७ मत पाउँदा उहाँका प्रतिस्पर्धी टंक सुवेदीले भने ८९५ मत मात्रै पाउनुभयो ।
सचिवमा पनि दलकै तर्फबाट उम्मेद्धारी दिने कांग्रेसकी मान्ता खरेलले माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेवारी दिएकी अम्बिका सुवेदीलाई २४९ मतको  मतअन्तरले पराजित गर्नुभयो । मान्ता खरेले सर्वाधिक ११७४ मत पाउदा अम्बिका सुवेदीले भने ९२५  मत पाउनुभयो । सहसचिवमा एकमात्र स्वतन्त्र प्यानलका श्रीप्रसाद खरेलले दलसमर्थित उम्मेद्धार खडगबहादुर कुमालाई १७ मतको झिनो अन्तरले हराउनुभयो । श्रीप्रसाद खरेलले १०४२ मत पाउदा कुमालले १०२५ मत पाउनुभयो ।
कोषाध्यक्षमा समेत दलसमर्थित उम्मेद्धार प्रकाश थापाले स्वतन्त्रका उम्मेद्धार सुरेशकुमार गुरुङ्गाई १२४ मतले पराजित गर्नुभयो । थापाले १०८९ मत पाउँदा गुरुङ्ग ९६५ मतमा चित्त बुझाउनु पर्यो । जम्मा २८८० मतदातामा २२२१ मत खसेको निर्वाचन समितिका संयोजक हिराकुमार थापाले  जानकारी दिनुभयो । शनिवार भएको निर्वानको मतपरिणाम आइतवार विहान २ बजेमात्र सार्वजनिक भएको थिए । शनिवार साँझ ७ बजेदेखि कनकाई बहुमुखी क्याम्पसमा मतगणना भएको थियो ।
 
कांग्रेसभित्र यो रोग अझ वढी झाग्गिएर गएको थियो , वाड तथा नगर कमिटी र सक्रिय सदस्यहरुले समेत निर्वाचनका वेला दैलोमै बसेर आफना विपरित ध्रुबका उम्मेद्धारलाई मत माग्न थालेपछि कांगेसका नेताहरुले यो दृश्यलाई रोक्न निक्कै सकस परेको थियो