कनकाई अनलाईन
कनकाई नगरपालिकाको गेट अगाडि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पुर्णकदको शालिक राखिएको छ ।
कनकाई नगरपालिकाले आफ्नो लगानीमा साढे ७ फुटको ढुङ्गाको पृथ्वी नारायण शाहको सालिक निर्माण गरेर राखेको हो । ७२ औ प्रजातन्त्र दिवशको अवशर पारी पुर्व प्रदेशमन्त्री तथा प्रदेश सांसद हिराकुमार थापा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच पृथ्वीनारायण शाहको सालिकको अनावरण गर्नुभएको हो ।
कलाकार हिम्मत नेम्बाङ्गद्धारा ३ महिना लगाएर निर्माण गर्रिएको उक्त ढुङ्गाको सालिकलाई पृथ्वी नारायणको नेपालमै भएको सबैभन्दा ठुलो सालिक भएको दावी गरिएको छ । राजा महाराजाको भन्दा पनि देशको एकिकरणमा ठुलो योगदान दिने योद्धाको सदा सम्झना गर्नुपर्ने भन्दै नगरपालिकाले देशलाई एकताको सुत्रमा बाध्ने पृथ्वीनारायणको योगदानको कदर गर्दै नगरपालिकाको गेटमा सालिक राखिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । अहिलेपनि पृथ्वीनारायण शाहको दिव्य उपदेशहरु उक्तिक्कै सान्र्दभिक छन, घुस लिने र दिने दुबै देशका सत्रु हुन लगायातका सबै दिव्य उपदेशहरु हालपनि उत्तिक्कै सान्र्दभिक भएकोले सालिक निर्माण गरिएको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
यस अघि अघिल्लो प्रजातन्त्र दिशवमा समेत कनकाई नगरपालिकाले ५ नम्बर वार्ड कार्यालय अगाडि विपि कोइरालाको समेत पुर्ण कदको सालिक निर्माण गरिएको थियो । पृथ्वीनारायणको सालिक अनावरण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष खडग प्रसाई,काग्रेसका नेता सुर्य थापा, विवेकशील साझाका केन्द्रीय सदस्य भीम अधिकारी, राप्रपाका नेता विष्णु ओली, सुकेडाँगी सामुदायिक वनकी अध्यक्ष शान्ति उपाध्याय लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको स्वागत कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई र संचालन नगर प्रवक्ता गोविन्द पौडयालले गर्नुभएको थियो ।