Kanakai Online

राहतको पोको बोकेर आज धुर्मुस सुरुङ्गामा


आइतवार, भदौ ११, २०७४ |

कनकाई अनाईन
धुर्मुस सुन्तली फाउन्डेशनका संस्थापक एवम चर्चित कलाकार सीताराम कट्टेल धुर्मुसले आफुले दैंवि विपत्तीमा परेकालाई सहयोग गरेर नेपाल सरकारसग प्रतिस्पर्धा गरेको नभएर सरकारको योजनालाई थप मद्धत गरिरहेको वताउँनुभएको छ ।
आइतवार झापाको सुरुङ्गामा वाढी पिडित झापाका ६५ घरपरिवार अपाङ्गता भएका परिवारलाई राहत सामाग्री वितरण गर्दै उहाँले व्याक्तिगतरुपमा आफूले पहल गर्दापनि धेरैजना पिडितले राहत पाएको भन्दै आफना कार्यबाट नेपाल सरकारको योजनालाई थप मद्धत मिलेको वताउँनुभयो । धुर्मुुस वाढीपिडितलाई राहत वाढनका लागि यसपटक दोस्रोपटक झापा आउनुभएको हो ।
अपाङ्ग सहयोग समिति दमले छनौट गरेका यसपटकको वाढीमा वढी क्षतीपुगेका ६५ घरपरिवार वाढीपिडितको परिवारलाई उहाँले आफफै आएर अत्यावश्यक सामाग्रीहरु , चामल , नुन , दाल , सिरक ,ढसना , त्रिपाल , साबुन , तन्ना लगाँयातका समानहरु वितरण गर्नुभयो ।
राहत वितरण कार्यक्रममा उपस्थित सर्वसाधरण र जिविस समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई लगायातले अपाङ्गहरु सधैँ समस्यामा रहने भन्दै वाढीपिडितहरुको अवस्था अन्दाजै गर्न नसकिने हुँदा राहतले उनीहरुको पिडामा मल्हमपट्टी लागेको वताउँनुभयो ।
धुर्मुसले यस वर्षको वाढीपरेको दिनदेखि आफू काठमाण्डौ नगएको यतै तराइमै राहत र उद्धारमा खटिरहेको भन्दै यस वाढीको वेला १२ जिल्लाको २२ स्थानमा ४५ लाखको राहत सामाग्री वितरण गरको वताउँनुभयो ।
राहत वितरणमा मेरो कुनै स्वार्थ छैन मात्रै देशका नागरिकलाई परेको वेला सवैले जुटनुपर्दछ , सरकारकै मात्र मुख ताक्नुहुदैन जसलाई पर्छ अरुले उसको जिवन रक्षाका लागि लागिपर्नुपर्छ यो घटना हामीमा पर्नसक्छ हामीलाई पर्दा अरु

सम्बन्धित खबर