कनकाई अनलाईन
कनकाई नगरपालिकामा काम गर्ने मजदुरहरुको हकहित र आर्थिक समस्या पर्दा मद्धत गर्नका लागि कनकाई मजदुर श्रमिक सहकारी खुलेको छ ।
मनकुमार न्यौपानेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा टंक गुरागाई, सचिवमा डम्बर बस्नेत, सहसचिवमा मोहमत इज्राइल, र कोषाध्यक्षमा चन्द्र मग्राती लगायात ९ सदस्यीय कार्यसमिति बनेको हो ।
उक्त सहकारीले आवद्ध सदस्यहरुका छोराछोरीको शिक्षाका लागि वा श्रमिकलाई आथिैक गर्जो टार्नका लागि ऋण सहयोग गर्ने सहकारीका उपाध्यक्ष टंक गुरागाईँले बताउँनुभयो ।
सहकारीका लागि यसअघि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो १ बर्षको सेवा सुविधा जम्मा गरेर सहकारीको अभियान सुरु गर्नुभएको थियो ।
सहकारीका लागि कनकाई नगरपालिकाबाट यसैबर्ष थप २५ लाख रुपैँया आर्थिक सहयोग गरेको थियो । उक्त रकमलाई मजदुरबाट समेत शेयर रकम थप गरि यसैबर्ष एक करोडको रकम बनाइने सहकारीका अध्यक्ष मनकुमार न्यौपानेले बताउँनुभयो । यसका लागि हरेक मजदुरबाट दैनिक १० रुपैँया रकम जम्मा गर्ने गरिएको छ । मजदुरकै हकहितका लागि मजदुर मात्रैको सहभागितामा खोलिएको यस मजदुर सहकारी नेपालकै पहिलो भएको दावी गरिएको छ । यसैविच काम गर्दागर्दै लडेर हात भाचिएका मजदुर प्रेम कुमाललाई विशेष कार्यक्रमका विच नेपाल स्वतत्र मजदुर जडान तथा निर्माण युनियानले दुर्घटना बिमाबाट नगद १३ हजार ५० रुपैँया हस्तानतरण गरेको छ । उक्त रकम पिडितलाई युनियानका कनकाई नगर अध्यक्ष धनबहादुर बोगटी र नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले हस्तानतरण गर्नुभयो ।
कनकाई नगरपालिकामा काम गर्ने सबै मजदुर र मजदुर नाईकेलाई तालिम अनिवार्य गरिएको र तालिम नलिएका मजदुरबाट घर निर्माण गरिएमा नक्सा पास नहुने व्यावस्था गरिएको मजदुर हित कोषका उपाध्यक्ष टंक गुरागाईले बताउँनुभयो । विशेष कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख तथा मजदुर हित कोषका संरक्षक समेत रहनुभएका राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका क्षेत्रका कोहिपनि मजदुरहरु खर्च अभावमा समस्यामा नपर्ने व्यावस्था मिलाइने बताउँनुभयो ।