कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाकामा कष्ट्रकर जिवन विताइरहेका वाढीपितिसगै कनकाई नगरपालिकाका प्रमुख वार्डअध्यक्ष लगाँयातका अन्य सामाजिक संघसंस्थाले सामुहिक दर खाएका छन ।
स्थानीय कालीमुढा टोल विकास समितिको आयोजनामा शुक्रवार आयोजित सामुहिक दरखाने कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , वार्डअध्यक्षहरु रुद्रप्रसाद चिमरिया , परशुराम गिरी , चन्द्रमान कन्दङबा लगायातले कनकाई नगरपालिका क्षेत्रमा रहेका करिव सय घरपरिवार वाढीपिडितहरुसगै बसेर सामुहिक दर खानुभएको हो ।
पिडामा रहेका घरपरिवारसग आफुहरुपनि साथै रहेको शन्देश दिन कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष रामप्रसाद निरौलाले वताउँनुभयो । सामुहिक दर खाएपछि वाढीपिडितहरु तथा अन्य अथितिहरुले तिजसम्बन्धि गित गाएर नाचगान समेत गरेका थिए । कार्यक्रममा सहभागि निरु हेमरमले वाढीले घर वगाएपछि आफुहरुले कोहिपनि चेलीवेटीलाई दरखान निम्ता नदिएको बताउँनुभयो । हामीले यसवर्षको तिज नमनाउने भएका थियौ तर आज दर खान पाउदा घरमै तिज मनाएको जस्तै भएको छ उहाँले भन्नुभयो ।
सामुहिक दरखाने कायर्यक्रम गाउँकै विभिन्न आधादर्जन संघ संस्थाको पहलमा गरिएको थियो । यसैगरी सोहि कार्यक्रममा नेवारी समुदायको संस्था पासा मुना पुच विर्तामोडले अति प्रभावित १५ घर परिवारलाई अत्यावश्यीय खाद्य सामाग्री र कपडा प्रदान गरेको छ ।