कनकाई अनलाईन
सुरुङ्गा । नेपालकै तराईको पहिलो तथा सम्भवत धनी मानिने कनकाई सामुदायिक वन समुह सुरुङ्गाको नेतृत्व चयनका लागि आज निर्वाचन हुदैँछ ।
१७ टोल र करिव ३ हजार मतदाता रहेको यस वनमा प्रत्येक टोलकोे १ जना गरि १७ जना टोल संयोजक जो वनको कार्यसमिति सदस्य पनि रहनेछन ।
सर्वसम्मर्त तथा निर्वाचनबाटै छनौट बनिसकेका छन । आज भने मुख्य ५ पदका लागि निर्वाचन हुर्दै छ । निर्वाचनमा सुरुङ्गामा रहेका सवै दलका तर्फबाट ख्याम ओलीको अध्यक्षतामा उपाध्यक्ष ललित कार्की , सचिव मान्ता खरेल , सहसचिव खडग कुमाल र कोषाध्यक्षमा प्रकाश थापाचुनावी दौडमा छन । यो टिमलाई नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्र ,राप्रपा र संघिय समाजवादी फोरमको साथ र समर्थन रहेको छ भने यता नेकपा माले र स्वतन्त्रका तर्फबाट उम्मेद्धारी दिएका नारायण ओली अध्यक्ष उपाध्यक्षमा टंक सुवेदी सचिवमा अम्बिका चापागाँई , सहसचिवमा श्रीप्रसाद खरेल र कोषाध्यक्षमा सुरेशकुमार गुरुङ्ग रहेका छन यो ग्रपमा रहनेहरु सवैजना कुनै न कुनै राजनैतिक दलसग आवद्ध रहेपनि विभिन्न कारणले पार्टीसग सम्बन्ध विच्छेद गरेकाहरु छन ।
यस चुनाव यस क्षेत्रका राजनैतिक दलहरुका लागि समेत गर या मरको स्थितिमा रहेकाले समेत ज्यादैँ रोचक देखिएको छ । स्वतन्त्रको यो समुहलाई विभिन्न पार्टीभित्र आफनै पार्टीसग समेत फरकमत रहनेहरुलाई वदलाको मौका पनि मिलेको छ ।
तरपनि सवै पार्टी एक भएको शन्देश पनि गएकाले यसको फाइदा आफुहरुलाई मिलेको अध्यक्षका उम्मेद्धार ख्याम ओलीले कनकाई अनलाईनलाई बताए ।
उनी वन समुहका वर्तमान सहसचिव पनि हुन । यता स्वतन्त्रका उम्मेद्धार नारायण ओली सुरुङ्गाका जनतालाई वनमा राजनीति गर्नुहुदैँन भन्ने चेत आएकाकारणपनि दलका उम्मेद्धारलाई आफुहरुले पर्छाने वताएका छन । उनी एक कार्यकाल कनकाई सामुदायिक वनको अध्यक्ष चलाइसकेका छन । अध्यक्षका प्रतिस्पर्धी ओलीद्धय नातामा काका भतिज पर्दछन ।
दलका तर्फबाट अध्यक्ष दिने ख्याम ओलीको चुनाव चिन्ह आइरन र स्वतन्त्रका तर्फबाट अध्यक्षको उमेद्धारी दिने नारायण ओलीको चुनाव चिन्ह कुर्सी रहेको छ ।
अहिले शनिवार कनकाई सामुदायिक वनको निर्वाचन कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा हुदैँ छ । विहान आठ वजेदेखि वेलुकी ५ बजेसम्म निर्वाचन हुने र निर्वाचन पछि आजै मतगणना थालिने निर्वाचन संयोजक हिरा थापाले वताए ।
तरपनि सवै पार्टी एक भएको शन्देश पनि गएकाले यसको फाइदा आफुहरुलाई मिलेको अध्यक्षका उम्मेद्धार ख्याम ओलीले कनकाई अनलाईनलाई बताए ।