कनकाई अनलाईन
चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को निर्वाचनमा नेपाली काँग्रेस—माओवादी केन्द्र तथा नेकपा एमाले—राप्रपा कमल थापा समूहले प्यानल सम्युक्त प्यानल बनाइ छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
यही भदौ १७ गते हुने निर्वाचनका लागि काँग्रेस—माओवादी गठबन्धनबाट वर्तमान उपाध्यक्ष ऋषि चापागाईले नेतृत्व गरेका छन् भने एमाले—राप्रपा गठबन्धनको नेतृत्व पूर्व अध्यक्ष पुरुषोत्तम अधिकारीले लिएका छन् ।
चापागाई नेतृत्वको प्यानलमा उपाध्यक्ष रेखा अधिकारी, सचिव कमल मुखिया, सहसचिव पवन गेलाल र कोषध्यक्ष गोपाल श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष घिमिरे, राजेश निरौला, कमलसिंह राजवंशी, दुर्गामाया निरौला, मुना कन्दङ्गवा, तारा राजवंशी रहेका छन् भने अधिकारीको प्यानलमा उपाध्यक्ष निरोज पोखरेल, सचिव बाबुराम कार्की, सहसचिव टंककुमारी पोखरेल र कोषध्यक्ष राजन आचार्य रहेका छन् ।
११ सदस्यीय निर्वाचित कार्य समितिमा २२ जनाको मात्र उम्मेदवारी परेको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको झल्को दिने शैलीमा पार्टीगत प्यानल बनाएका दलहरुले आ—आफ्नो जीत हात पर्ने दाबी समेत गरिरहेका छन् ।
विगतको निर्वाचनमा एमाले र काँग्रेससले पालो पालो नेतृत्व हत्याएको समितिमा यस पटक कस्ले जीत्ने हो भन्ने स्थानीयमा चासो बढेको छ ।