Kanakai Online

झापामा इटा भट्टामा च्यापिएर मजदुरको मृत्यु


आइतवार, माघ ९, २०७८ |

कनकाई अनलाईन
झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा काम गर्ने एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चिम बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योगमा प्राय भारतीय मजदुरहरुले काम गर्दै आइरहेका छन ।