कनकाई अनलाईन
झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई निशुल्क साईकल वितरण गरेको छ ।
हरेक वर्ष गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिदै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो । उक्त साईकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम समेत बनाइएको छ ।
झापा गाउँपालिकाले विशेष कार्यक्रमकै आयोजना गरि झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण मा बि, डिल्लीराज मा बि, कुवाडी देबि मा बि र महेन्द्र मा बिमा अध्ययनरत २२० जना छात्राहरुलाई साईकल बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाअध्यक्ष शाहले बालबालिकालाई साईकल बितरणबाट उनीहरुको शिक्षा आर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताउँनुभयो । आदिवाशी, लोपोन्मुख सन्थाल र मदेसी मुलको बाहुल्य रहेको यस झापा गाउँपालिकामा अधिकांस वालिकाहरु विचमै विद्यालय छाडने र चाडै विवाह हुने समस्या समेत रहेको छ । यस कार्यलाई निरुत्साहित गर्न समेत साईकल वितरणले मद्धत मिल्ने पालिका अध्यक्ष शाहले बताउँनुभयो । अध्यानपूरा गरेपछि मात्रै विवाह गरेमा छात्राहरुको समेत आत्मवल बढने शाहको भनाई थियो ।
साईकल वितरणबाट पालिकालाई शिक्षित बनाउन र शिक्षा क्षेत्रमै आमुल परिवर्तनका लागि मद्धत मिलेको गाउँपालिकाका शिक्षा साखा प्रमुख जीवन ढकालले बताउँनुभयो । झापा गाउँपालिकाले ३ बर्षदेखि हरेक बर्ष यस कार्यक्रमलाई निरन्ता दिइरहेको र हरक बर्ष साईकल पाउने छात्राहरुको सङख्या थपिनुले समेत साइकल पाउने आशमा छात्राहरु ीनयमित स्कुल जाने गरेको पाइएको गाउँपालिकाका अध्यक्ष शाहले बताउँनुभयो । यस बर्ष साईकल वितरणका लागि २० लाख रुपैँया गाउँपालिकाले बजेट निनियोजन गरेको थियो ।