Kanakai Online

प्रदेश सांसद शन्देशलाई पितृशोक


शुक्रवार, माघ ७, २०७८ |

कनकाई अनलाई
झापा क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी सन्देश लाई पितृशोक परेको छ ।

नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज समेत रहेका नेता सन्देशका पिता नरबहादुर दर्लार्मी मगरको ८५ बर्षको उमेरमा विहीवार साँझ ६ः३० बजे निधन भएको पार्टीका शिवसताक्षी नगर सचिवालय सदस्य तथा दर्लामीका पिएसमेत रहेका दुर्गा नेम्बाङले बताउँनुभयो ।

करिव ६ महिना अघिदेखि ब्रेन ट्य्रुमर रोगबाट पिडीत नेता सन्देशका पिता नरबहादुरको आफ्नै निवास शिवसताक्षी नगरपालिका वडा नं ११ स्थित बच्चाबगरमा निधन भएको पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईले बताउनुभयो ।

स्व नरबहादुरको आफ्नै घर छेउमा आज शुक्रबार विहान ११ बजे पराम्परागत संस्कार अनुसार अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।