आइपी भट्टराई
चर्चित गायक प्रमोद खरेललाई झापा सुरुङ्गामा उत्कृष्ट नागरिक सम्मान गरिएको छ ।
सुरुङ्गा जेसिजको १३ औ पद हस्तानतरण कार्यक्रममा गायक खरेललाई सोमवार उत्कृष्ट नागरिक सम्मान गरिएको हो । सुरुङ्गा क्षेत्र गायक खरेलको ससुराली गाउँ समेत हो ।
पंञ्जेबाजा सहित स्कटिङ गरि गायक खरेललाई पुर्व राजदुत तथा जेसिजका पुर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका महेश दाहालले गायक खरेललाई सम्मान गर्नुभएको हो । जेसिजसगै यस क्षेत्रका दुई दर्जन वढी संघ संस्थाले समेत गायक खरेललाई सम्मान गरेको हो ।
गायक खरेलले आफ्नो साङगितीक कार्यक्रम मार्फत विश्वका ३५ वढी मुलुक तथा नेपालका सबै जिल्लाहरुमा मनोरञ्जन र नेपाली गित संगितमा २ हजार वढी सदावहार गितहरु गाइसकेका कारण उत्कृष्ट नागरिकका रुपमा सम्मान गरिएको सुरुङ्गा जेसिजकी अध्यक्ष यदुका ओली उप्रेतीले बताउँनुभयो । गायक खरेललले समेत सशुराली गाउँमा दोस्रो पटक सम्मान पाएको भन्दै सम्मानबाट साङगितिक क्षेत्रमा थप लाग्न अभिप्रेरित गरेको बताउँनुभयो ।