कनकाई अनलाईन ।
सुरुङ्गा,९ भदौ ÷शिवसताक्षी वडा नं.१० स्थित दोमुखाका पर्यटकिय क्षेत्रका स्थानियवासीहरुले स्वतःस्फूर्त रुपमा आर्थिक संकलन गरी वाढीपिडीतहरुका लागि व्यवस्थापन गरीएको खाद्यसामग्री शुक्रवार एक कार्यक्रमका विच वितरण गरेका छन् ।
शिवसताक्षीको वडा नं.४ स्थित ओडारी चोकमा सम्पन्न कार्यक्रममा कमल वनियाँनी खोलाको वाढीवाट प्रभावित वनेका ४० घर परिवारलाई ७० हजार वरावरको प्रति परिवार एक ,एक वोरा चामल,नुन,खाने तेल,दाल,चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरीएको स्थानिय अगुवा युवा अरुण नेपालले वताएका छन् ।
स्थानिय प्रशासन, वडा नं.४ का वडा अध्यक्ष अधिकचम ताचपूरीया,स्थानिय सामाजिक व्यक्तित्व महेश दुलाल लगायत स्थानियवासीको वाक्लो उपस्थिती रहेको कार्यक्रमको संचालन दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाका सचिव जयनारायण योगीले गरेका थिए ।