Kanakai Online

अकै केटासग फोनमा वोल्दा शर्मिलाको गयो ज्यान


शुक्रवार, भदौ ९, २०७४ |

कनकाई समाचारदाता /
आज विहान हत्या गरेर बकाइनोको रुखमा झुण्डाएकी कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुमा डेरा गरी वस्ने करिव वर्ष अठारकी शर्मिला माझीको आफनै श्रीमान सविन माझिले अकै केटासग फोनमा बोलेको निउमा हत्या गरेको स्वीकार गरेका छन ।
हिन्दु नारीहरुले निराहार व्रत वसेकै दिन विहिवार वेलुकी व्रत सकिनेवेला अपरिचित युवाले फोन गरेर के छ बुडी ब्रत सकियो भन्दै अश्शिल शब्द वोलेको फोन उठाएका सविनले श्रीमतीलाई उक्त ब्याक्तिको वारेमा सोध्दा विर्तामोको दाजु हो मेरो भनेर ढाटेपछि आफुले वेलुकी आठ बजे श्रीमतीलाई दैलो लगाएर पिटेको वताए ।
उसले मेरी श्रीमतीलाई फोन गरेको मैले उठाउदा उत्तावाट मैले सहनै नसक्ने फोन आयो मैले नवोली सुने पछि वोल्दा उल्टै मलाई पो मेरी श्रीमतीसग वोल्ने त कोहोस खाते भन्दै ज्यादै अपशब्दमा गाली गरयो श्रीमतीलाई सोध्दा मेरै दाजु हो भनी म के उसका परिवार चिन्दिन र सविनले भनेको कुरा उनीसगै त्यो रात सुतेका एक व्याक्तिले कनकाई अनलाईनलाई वताए ।
तर ती व्याक्तिले आफुले श्रीमतीलाई नराम्ररी पिटेको वताएपनि हत्या नै भने गरेको कुरा आफुलाई नसुनाएको ती व्याक्तिले कनकाईलाई बताए । यस पहिले पनि अरुनै केटाको वारम्बार फोन आएको भन्दै सविनले श्रीमती शर्मिलाको सिम टोकेर फालिदिएका थिए भने उनले श्रीमतीको मोवाइल समेत फुटाइदिएका थिए ।
सानै उमेरमा दुवैले लव म्यारिज गरेको यो दम्पती दुवै भर्खर टिन एजमा रहेका छन । अकै केटासग लागेको भन्दै उनीहरुविच विगत लामै समयदेखि झगडा हुदै आएको थियो ।
कनकाई नगरपालिका ३ टप्पुमा उनीहरु डेरा लिएर वस्न थालेको १ महिनापनि भएको थिएन खासघर पाचथर भएका उनीहरु दुवैका आफन्तहरु सुरुङ्गामै रहेका कारण डेरामा वस्ने गरेका थिए ।
उनीहरु एउटै कोठामा आमा , छोरा र श्रीमती वस्दै आएका थिए । श्रीमती शर्मिला पनि केहि महिनासम्म सुरुङ्गाकै एक होस्टलमा काम गर्दथिन भने श्रीमान सविन कामका लागि भारत गएका थिए ।
प्रहरीले हत्या आरोपमा आमा सारदा र छोरा सविन माझीलाई पक्राउ गरेको छ । उनीहरुले हत्यापछि मृतक शर्मिलाको शव घरछेउकै बकाइनोको रुखमा सलले बाधेर झुण्डिएको जस्तै बनाइदिएका थिए , तर झुण्डिएकी शर्मिलाको उचाइ वरावरमै रुखको सानो हागामा सलले बाधेको अवस्थाको शव वसेको अवस्थामा भेटिएको तथा शरिरभर रगत र घाउँ देखिएपछि गाउँलेले दुवैलाई हत्याआरोपमा कुटपिट गर्न खोजेपछि प्रहरीले पक्राउँ गरेको थियो ।
विहिवार हत्या गरेर छोरा सविन सुत्न अन्यत्र गएका थिए उनले आफुसग सुत्ने साथीलाई श्रीमतीलाई पिटेको वताएका थिए । मृत शर्मिलाको शव आमा मात्रैलेकी छोरा समेतले घर नजिक्कै झुण्डाइन भन्नेकुरा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनावारे अहिले केहि वोल्न नमिल्ने प्रहरी उच्च स्रोतले बताएको छ ।
 
यस पहिले पनि अरुनै केटाको वारम्बार फोन आएको भन्दै सविनले श्रीमती शर्मिलाको सिम टोकेर फालिदिएका थिए भने उनले श्रीमतीको मोवाइल समेत फुटाइदिएका थिए ।

सम्बन्धित खबर